मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

वाग्मतीमा नदी महोत्सव एवं जलजात्रा

वाग्मतीमा नदी महोत्सव एवं जलजात्रा


काठमाडौँ । नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले १८ औँ वाग्मती नदी महोत्सव एवं जलजात्रा गरिएको छ । 
 
नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब अफ कुपण्डोलको आयोजनामा भएको जलयात्रामा १८ डुङ्गा सहभागी थिए ।
 
कुपण्डोलबाट सुन्दरीघाटसम्मको चार किमी दुरीमा यात्रा गरिएको हो । वाग्मतीको पानी पनि उपत्यका बाहिरका नदीको जस्तै कञ्चन हुनुपर्छ, भन्ने लक्ष्यका साथ कामनाले १८ नदीको पानी वाग्मतीमा हालेको छ । 
 
मेची, कन्काइ, मस्र्याङ्दी, कर्णाली, महाकाली, ठूली भेरी, कालीगण्डकी, बूढीगण्डकी, सुनकोशी, अरुण, तमोर, बबई, पश्चिम सेती, इन्द्रावती, मार्दी, तिला, मुगु कर्णाली र दूधकोशी गरी १८ नदीको पानी मिसाइएको हो । 
 
जलजात्राको शुरुवात् गर्नुहुँदै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वाग्मती जस्ता सभ्यताको स्रोतका रुपमा रहेका नदीलाई सफा बनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिएको जानकारी दि । 
 
“नदी स्वच्छ भएपछि पर्यटन प्रवद्र्धनका लागि जलयात्रालगायत आयआर्जनका काम पनि नदीमा गर्न सकिन्छ, पानी बढाएर नदीलाई स्वच्छ बनाउन सरकार दृढ छ, यसमा सबैको सहयोग आवश्यक छ”–उले भने । 
 
कार्यक्रममा सांसदद्वय पम्फा भुसाल र तेजुलाल चौधरी, संस्थाका अध्यक्ष मेघ आले लगायतले सभ्यता स्रोत नदी सफाइमा सबैको उत्तिकै साथ र सहयोग हुनुपर्नेमा जोड दि । 
 
वरिष्ठ पत्रकार भैरव रिसालले भगवान्दास मानन्धर र हुतराम वैद्य जस्ता व्यक्तित्वले शुरु गरेको वाग्मती सफाइमा सरकारले आशा गरे जति काम नगरेको बता । 
 
संस्थाले अहिले कुपण्डोलस्थित नदी किनारमा स्थानीयवासीलाई पानीको छेउमाल्याई अपनत्व जगाउने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिरहेको कार्यकारी निर्देशक मौसम खनालले जानकारी दिनुभयो । महोत्सव एवं जलजात्रा सन् २००१ देखि शुरु गरिएको हो । वाग्मतीका साथै देशभरका नदी प्राकृतिकरुपमै बग्न पाउनुपर्छ भनी संस्थाले अभियान चलाउँदै आएको जनाइएको छ ।