मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘नाई नभन्नु ल ५’ले रुवायो प्रियंका र बर्षालाई, सेड्रिनाको उत्कृष्ट काम (भिडियो सहित)

‘नाई नभन्नु ल ५’ले रुवायो प्रियंका र बर्षालाई, सेड्रिनाको उत्कृष्ट काम (भिडियो सहित)


आजबाट रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’को विशेष शो काठमाण्डौको विग मुभिजमा आयोजना गरिएको छ । विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेको चलचित्रको विशेष शोमा चलचित्रका मुख्य कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका मानिसहरु उपस्थित थिए ।
 
२ घन्टा १० मिनेट लामो चलचित्रले दर्शकलाई भावूक मात्र बनाउँदैन, कथावस्तुमा बाँधेर पनि राख्छ । चलचित्र हेर्ने अधिकांशले यसको कथावस्तु, आमा र छोरीको सम्बन्ध, प्रेमको कथाले छोएको बताए ।
 
विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा रहेको यो चलचित्रमा बसन्त सापकोटाको संगीत छ । चलचित्रको मुख्य भूमिका स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझीलाई देख्न सकिन्छ भने नायिका निरुता सिंहलाई केमियो भूमिकामा देख्न सकिन्छ ।
 
चलचित्र हेर्न पुगेकी नायिका बर्षा राउतले आफूलाई चलचित्रले रुवाएको बताइन् । यस्तै, चलचित्रकी मुख्य कलाकार सेड्रिनाका आमा–बाबुले पनि छोरीको कामले आफूहरुलाई खुशी मिलेको बताए । निर्देशक दिपाश्री निरौलाले पनि चलचित्रको दोश्रो हाफ उत्कृष्ट रहेको बताइन् । निर्देशक आचार्यले यसपटक पनि दर्शकलाई रुवाउन सफल भएको उनको भनाई छ ।
 
नायिका प्रियंका कार्कीले दर्शकको नजरबाट हेर्दा आफ्नो लागि ‘नाई नभन्नु ल २’ पछि उत्कृष्ट चलचित्र ‘नाई नभन्नु ल ५’ लागेको बताइन् ।
चलचित्रमा नव–कलाकार सेड्रिना शर्माको उत्कृष्ट काम छ । पहिलो चलचित्र भएपनि उनले पुरा रुपमा दर्शकलाई बाँधेकी छिन् । उनकै वरिपरी चलचित्र घुमेको छ । चलचित्रको सुरुवाती व्यापार भने औषत छ । अनलाइनखबरबाट