मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर नगरपालिकामा बसपार्क उद्घाटन

रत्ननगर नगरपालिकामा बसपार्क उद्घाटन


चितवन । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ । 
 
सौराहाचोक र टाँडीचोकको बीचमा रहेको पुलबाट उत्तरतर्फको सार्वजनिक जग्गामा नगरपालिकाले बसपार्क निर्माण गरेको हो । 
 
बसपार्कको एक समारोहका बीच प्रदेश नं ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितले उद्घाटन गरेका छन् । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले बसपार्क निर्माण गरेको हो ।
 
अव्यवस्थित पार्किङका कारण टाँडीबजार अस्तव्यवस्थ बनेपछि नगरपालिकाले बसपार्क निर्माण गरेको मेयर नारायण वनले बताए ।
 
टाँडीचोक,सौराहाचोक र बकुलहर चोकबाट ग्रामिण क्षेत्र चल्ने बस, टेम्पो, अटो र म्याजिक पार्किङ गरिने छ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरी बसपार्क निर्माण गरिएको हो ।
 
व्यवसायीले अतिक्रमण गरेर प्रयोग गरिरहेको जग्गा फिर्ता गरेर सात कठ्ठामा बसपार्क निर्माण गरिएको मेयर नारायण वनले बताए । 
 
कार्यक्रममा बसपार्क निर्माणमा सहयोग गर्ने ६ जनालाई नगरपालिकाले सम्मान गरेको छ । स्थानीय गौप्रसाद श्रेष्ठ, चन्द्रिका महत केसी, लक्ष्मी खड्की, शान्ति शाही, राजेश शाही र शैलु केसीलाई सम्मान गरिएको हो । 
 
 
उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रदेशसभा सांसद कन्चन खनाल, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेपाल माविका प्रधानाध्यापक गोपाल शर्मा आचार्यलगायतले मन्तव्य राखेका थिए ।