मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन क्यानडाको ११ औं साधारणसभा सम्पन्न

एनआरएन क्यानडाको ११ औं साधारणसभा सम्पन्न


क्यानड-  एनआरएन क्यानडाको ११ औं साधारणसभा सम्पन्न भएको छ ।  शनिबार ओन्टरीयाको ठन्डर बेमा एक भब्य कार्यक्रमका बिच  ११ औं साधारणसभा सम्पन्न भएको हो ।
 
क्यानडामा रहेका एनआरएनहरुको सकृय सहभागितामा सम्पन्न कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत कालिप्रसाद पोखरेलको प्रमुख आतिथ्यता र क्यानडाकी श्रम तथा रोजगार मन्त्री पेटि हाजुको बिषेश आतिथ्यतामा सम्पन्न भएको थियो । एनआरएन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा टोरण्टोका महावाणिज्यदुत कुन्जर शर्मा, एनआरएन अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशी, सह संयोजक नबिन शेरचन लगायतका बिशिष्ट अतिथीहरुको उपस्थिती रहेको थियो । 
 
एआरएन आईसीसी र एनआरएन क्यानडाले अगाडि सारेका योजना, क्यानडामा एनआरएन अभियानलाई कसरी बलियो बनाउने ? बिभिन्न राज्यहरुमा रहेका नेपालीहरु माझ कसरी एनआरएनलाई लैजाने ? नेपालमा क्यानेडियन दुतावास राख्न माग गर्ने लगायतका बिषयमा गहन छलफल भएको एनआरएन क्यानडाका महासचिव चिरञ्जीवी घिमीरेले बताउनुभयो ।
 
 कार्यक्रममा राजदुत पोखरेलले नेपाल सरकार सदैव गैर आवसीय नेपालीहरुसंग मिलेर काम गर्न तयार रहेको भन्दै नेपालमा थप लगानि गर्न आग्रह गर्नुभएको थियो । क्यानडाकी श्रम मन्त्री पेटी हाजुले नेपालीहरुको कार्यक्रममा सहभागिता जनाउनु पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो भने क्षेत्रीय संयोजक जोशीले एनआरएन अभियान र आईसीसीले गरेका कामहरुको बारेमा प्रष्टाउनुभएको थियो ।
 
साधारणसभामा आईसीसी सदस्य अभिमन्यु बस्नेत, प्रमीला बस्नेत, एनआरएन क्यानडाका सल्लाहकार नारायण घिमीरे, साधारणसभाका संयोजक डाक्टर लक्ष्मी पाठक लगायतका बिशिष्ट ब्यक्तीहरुको उपस्थिती रहेको थियो । एनआरएन क्यानडाका अध्यक्ष काफ्लेले साधारणसभा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको छ । साधारणसभामा नेपाली र क्यानडाको सरकारको प्रतिनिधी संयुक्त रुपमा उपस्थित भएको पहिलो कार्यक्रम बताउंदै महासचिव घिमीरेले एनआरएन क्यानडालाई आफुहरुले नेपाली रहेका सबै राज्यमा लैजान लागिपरेको बताउनुभयो । साधारणसभाको सञ्चालन महासचिव घिमीरे गर्नुभएको थियो भने उद्घोषण डाक्टर लक्ष्मी पाठकले गर्नुभएको थियो ।