मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सानफ्रान्सिस्को महापुराणमा १० लाख १२ हजारको प्रतिवद्धता

सानफ्रान्सिस्को महापुराणमा १० लाख १२ हजारको प्रतिवद्धता


सानफ्रान्सिस्को (क्यालिफोर्निया) – उत्तरी क्यालिफोर्नियामा आइतबार सम्पन्न धार्मिक महोत्सवको क्रममा लगाइएको महापुराणबाट १० लाख १२ हजार डलर सहयोगको प्रतिवद्धता व्यक्त भएको छ ।
 
सामुदायिक भवन बनाउने उद्वेश्यले आयोजित महोत्सवको अन्तिम दिन आइतबारसम्म व्यक्ति तथा संस्थागत रुपमा यो १० लाख १२ हजार सहयोगको प्रतिवद्धता व्यक्त भएको हो । यो रकमबाट बे एरियामा मन्दिर सहितको सुविधा सम्पन्न सामुदायिक भवन बनाउने योजना आयोजक संस्थाहरुको छ । 
 
महापुराणको अन्तिम दिनसम्म सबैभन्दा बढी एकलाख एकहजार डलर सहयोग गर्ने घोषणा जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाले गरेको छ । समितिले आफ्ना सदस्यहरु मार्फत उक्त रकम दिने घोषणा गरेको हो । 
 
व्यक्तिगत रुपमा सबैभन्दा बढी सहयोग यज्ञलाल श्रेष्ठले दिने घोषणा गरेका छन् । उनले ५५ हजार डलर दिने घोषणा गरे । त्यस्तै दिक्पाल केसी ले ३९ हजार, राजेश थापाले ३३ हजार ३ सय , यज्ञ नेपालले २७ हजार ८ सय सहयोगको प्रतिवद्धता जनाएका छन् ।
 
सामुदायिक भवन निर्माण समितिका संयोजक एवं न्यान्सका पूर्व अध्यक्ष उत्तम कार्कीका अनुसार अपेक्षा गरिएभन्दा पनि बढी सहयोग संकलन भएको छ । 
पण्डित दीनवन्धु पोखरेलले सातदिनसम्म महापुराण वाचन गरेका थिए । अमेरिकामा महापुराण लगाएर सामुदायिक भवन बनाउने निकै राम्रो प्रतिस्पर्धा चलेको छ ।