मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माडी नगरपालिकासँग स्काउट टोलीको छलफल

माडी नगरपालिकासँग स्काउट टोलीको छलफल


माडी, चितवन । नेपाल स्काउट चितवनका पदाधिकारी र माडी नगर कार्यपालिकाका पदाधिकारीबीच स्काउट ट्रेनिङ सेन्टरका लागि अन्तक्र्रिया गरिएको छ । 
 
जिल्ला आयुक्त तीर्थराज न्यौपाने र सचिव रामप्रसाद पोखरेललगायतका स्काउटको टोली दक्षिण चितवनको माडी नगरपालिका पुगेर मेयर ठाकुरप्रसाद ढकाल, वडाध्यक्ष कृष्ण अधिकारी, ईश्वरीप्रसाद ढकाल, शिवहरि सुवेदीलगायत विभिन्न संघसस्थाका पदाधिकारीसँग बृहद छलफल गरेको हो । 
 
स्काउट टोलीले वडा नं ८ स्थित धार्मिक क्षेत्रका रुपमा पहिचान बनाएको बैकुण्ठ ताल नजिक माडी नगरपालिकाको गुरुयोजना अनुरुप नेपाल स्काउट चितवनले पनि ३ नम्बर प्रदेशको स्काउटको विभिन्न क्रियाकलाप गर्न ट्रेनिङ सेन्टर बनाउने अवधारणा नगर पदाधिकारीसँग प्रस्तुत गरेको थियो । 
 
नगर पदाधिकारीले नगरपालिकाको गुरुयोजनाअनुरुप स्काउटको ट्रेनिङ सेन्टर बनाउने अवधारणाको प्रपोजल छिट्टै पेश गर्नसमेत आग्रह गरेको स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले जानकारी दिए ।