मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नागरिकताको लागि एनअारएन अमेरिकाजको पहल राज्य व्यबस्था समितिसम्म

नागरिकताको लागि एनअारएन अमेरिकाजको पहल राज्य व्यबस्था समितिसम्म


काठमाडाै । गैर अावासीय नेपाली संघ (एनअारएन) अमेरिका क्षेत्रीय समितिले नेपाली नागरिकता प्राप्ती तथा निरन्तरताका लागि संसदको राज्य व्यबस्था समितिलाइ ध्यानाकर्षण गरेको छ ।
 
एनअारएनले राज्य व्यबस्था तथा सुशासन समितिका सदस्यहरूलाइ पत्र लेखेर नेपाली नागरिकताको विषयमा भैरहेको कानुनलाइ व्यबहारिक, लचिलो बनाउन अाग्रह गरेको हो । संबिधानलेनै एनअारएनहले चाहेमा नेपाली नागरिकता लिन पाउने व्यबस्था गरेको सन्दर्भमा बन्न लागेको कानुनले त्यसमा अस्पष्टताहरू थपेकोले सहज बनाउन माग गरेको हो ।
 
एनअारएनका क्षेत्रीय संयोजक गाैरीराज जोशी, सहसंयोजक नवीन शेरचन, महिला उपसंयोजक संगीता शिवाकोटी, युवा उपसंयोजक वर्षा मोक्तान, अाइसिसी मेम्बर डिल्ली भट्टराइ, बेदराज बस्नेत लगायत १९ जनाले राज्य व्यबस्था समितिका सदस्य सांसदहरूलाइ पत्र लेखेर नागरिकता सहजताका लागि कानुनमा संशोधन गर्न अाग्रह गरेका हुन् ।
 
एनअारएनले नेपालमा लगानी भित्राउन पनि नागरिकतामा सहजता थप्न अनुरोध गरेको छ ।
 
प्रस्तुत छ–एनअारएनले सांसदहरूलाइ गरेको ध्यानाकर्षण संबन्धि प्रेस विज्ञप्ती ।
 
नागरिकताको संबन्धमा प्रेस विज्ञप्ति
गैर आवासीय नेपाली संघले यस्को स्थापना देखिनै नेपाली नागरिकताको निरन्तरताका लागि माग गर्दै आएको हो । यही अभियानकै फलस्वरुप नेपालको संविधान २०७२ ले संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने गरी  गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने संविधानमा समाबेश छ। 
 
नेपालको संविधानमा उल्लेखित गैर आवासिय नेपाली नागरिकता सम्वन्धि व्यवस्थालाई कार्यान्वय गर्ने क्रममा नेपाल सरकारले संसदमा विद्येयक पेश गरेको छ । यो विद्येयकमा एनआरएनले नागरिकता लिदां हाल भईरहेको नेपाली नागरिकता त्यागेको प्रमाण दिनुपर्ने, तोकिएको प्रकृया पुरा गरेपछि पनि दिन सकिने जस्ता वाक्य उल्लेख हुनुले संविधानले विदेशमा वस्ने नेपालीलाई दिएको अधिकार लागु हुन नदिन जटिलता थपिएको त होइन भन्ने आशंका वढेको छ । 
 
एनआरएन अभियानको शुरु देखिको माग नेपाली नागरिकताको निरन्तरता हो । संविधानले हाम्रो यो चाहना पुरा नगरेपनि एनआरएन नागरिकता दिने प्रावधान आउनुलाई आंशिक उपलव्धिका रुपमा लिएका थियौं । यो आंशिक उपलव्धिलाई पनि जटिल वनाउने गरी नागरिकता विद्येयक आएको छ । यो जटिलतालाई तत्काल सम्वोधन गर्नका लागि गैर आवािसय नेपाली संघ अमेरिकाज् क्षेत्र सरकार, मानिनय सांसदज्यूहरु र नागरिक समाजसंग आग्रह गर्दछ । 
 
विदेशमा बस्ने साठी लाख नेपालीहरु जसले नेपालको अर्थतन्त्रलाई गतिशील वनाउन योगदान दिईरहेका छन् । जसले रोजगारी, सीप र अवसरका लागि विदेश वसेका छन् , उनीहरुको नागरिकता निरन्तरता गर्दापनि देशलाई कुनै वेफाइदा हुदैंन । बरु यसका कयौं फाइदाहरु छन् । नागरिकताको नातालेपनि स्वदेश जाने आउने र रेमिटान्स वढ्ने, आफ्ना विदेशमा जन्मेका सन्तानलाई पनि नेपाल, नेपाली संस्कृती र परम्परा सिकाउने र राष्ट्रियताको भावाना अक्षुणराख्ने लगायतमा उत्प्रेरणा दिन्छ । यसले विदेशमा वस्ने नेपालीलाई स्वदेशमा लगानी गर्न उत्साह थप्छ । विगतमा नेपाललाई संकट पर्दा विदेशमा वस्ने नेपालीले स्वदेशमा लगानी गरेर योगदान दिएका छन् । हामी नेपाल विदेशीले हेप्दा वा संकटपर्दा जहां छौं त्यहींको सडकमा पनि उत्रिएका छौं । यो यर्थाथलाई मनन गर्न पनि हाम्रो अनुरोध छ । 
 
त्यसैले एनआरएनलाई दिईएको संवैधानिक अधिकारको कार्यान्वयन गर्ने ऐन नियम सरल र सुलभ वनाउनु हामी ध्यानाकर्षण गराउन चाहान्छौं ।
 
साथै प्रस्तावित विद्येयकमा निम्न संशोधन गर्नु पर्ने माग एनआरएनएको छ ।
 
१. प्रस्तावित विधेयकमा राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने छ भनिएको छ । संविधानमा राजनैतिक अधिकार बाहेक भन्ने शब्द थिएन । यसले संविधानको भावनालाई संकुचित गर्न खोजेको हो की भन्ने भान परेको छ । 
 
२. प्रस्तावित ऐनमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि “साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण” एक शर्तका रुपमा अघि सारिएको छ । हालको विश्वव्यापी प्रचलनमा धेरै मुलुकले नागरिकता दिंदा साविकको नागरिकता त्यागेको प्रमाण माग्दैनन् । नेपाली नागरिकता ऐनले नै विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता स्वत रद्द हुने प्रावधान राखिसकेकोले परित्याग गरेको प्रमाणलाई अनिवार्य पूर्व शर्तका रुपमा राखिनुको औचित्य देखिदैन । 
 
३. गैरआवासीय नेपाली नागरिकतालाई वंसज, जन्मसिद्ध र अंगिकृत जस्तै नेपालको नागरिकताको एक प्रकार मानी यस्तो नागरिकताको प्रमाणपत्र भएकाहरुले अन्य नेपाली नागरिक सरह सबै आर्थिक सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने प्रष्ट व्यवस्था हुनु पर्दछ ।
 
४. नागरिकता पाउन गृह मन्त्रालयमा निवेदन दिने भनिएको छ । गृह मन्त्रालयमा पहुंच पनि अप्ठेरो हुने र मन्त्रालय कार्यान्वयन भन्दा पनि नीति निर्माण गर्ने निकाय भएकोले यस्तो नागरिकता विदेश स्थित नेपाली नियोग र सम्बन्धित जिल्ला कार्यालयबाट नै प्राप्त हुने व्यवस्था गरिएमा सहज हुने छ ।
 
५. प्रस्तावित ऐनले गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्निको बारेमा केहि बोलेको छैन । गैरआवासीय नेपाली नागरिकका विदेशी पति पत्निलाई पनि गैरआवासीय नेपाली नागरिकता वा यस्तै प्रकारको स्थायी प्रकृतिको प्रमाणपत्रको व्यवस्था गरिनु पर्दछ ।
 
६. गैरआवासीय नेपाली नागरिकले चाहेमा अरु नेपाली नागरिक सरह नेपाली राहदानी पाउने व्यवस्था गरिनु पर्दछ ।
 
७. कुनै व्यक्तिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको रहेछ भने तिनका छोराछोरीले बाबु वा आमाको गैरआवासीय नेपाली नागरिकता कै आधारमा गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था कानुनले गर्नु पर्दछ । यस्तो भएमा दोश्रो र तेश्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि नेपालसंग जोडेर राख्न सकिन्छ ।
 
८. गैरआवासीय नेपाली नागरिकतालाई कसरी र के आधारमा अर्को प्रकारको नेपाली नागरिकतामा परिणत गर्न सकिन्छ त्यो व्यवस्था पनि ऐनले गर्नु पर्दछ । कुनै व्यक्तिले पहिले विदेशी मुलुकको नागरिकता लिएकोमा पछि नेपाल नै फर्केर नेपालमा नै स्थायी बसोबास गर्ने निष्कर्षमा पुगेमा र निजले विदेशी नागरिकता परित्याग गरेमा स्वतः साविकको नेपाली नागरिकता पाउने व्यवस्था गरिनु पर्दछ ।
 
९. विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था नागरिकता ऐनले गर्नु पर्दछ । हालको मस्यौदामा नेपालमा बस्ने नेपाली महिला नागरिकलाई मात्र समेट्न खोजिएको भान हुन्छ । यो व्यवस्था विदेशमा रहेका नेपाली महिला नागरिकको हकमा पनि लागु हुनु पर्दछ ।
 
हाम्रो सँबैधानिक अधिकारका वारेमा माननिय माननिय सांसदज्यू, नेपाल सरकार लगायत नागरिक समाजले सकरात्मकरुपमा लिनुहुने छ भन्ने हामीलाई विश्वास छ ।
 
विदेशमा वस्ने सम्पूर्ण नेपाली समुदायलाई आफ्नो नागरिकता सम्वन्धि अधिकारका लागि आफ्नो क्षेत्रका र राज्य व्यवस्था तथा सुशासन समितिका सांसदज्युहरुलाई टेलिफोन, म्यासेज, इमेल लगायत विभिन्न माध्यमवाट आग्रह गर्न पनि अनुरोध गर्दछौं ।
 
राज्य व्यवस्था तथा सुशासन समितिका सांसदज्युहरुको नामावली निम्न प्रकार रहेको छ । 
 
१. जनार्दन शर्मा नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
२. कृष्ण गोपाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
३. डिला संग्रौला (पंत) नेपाली काङ्ग्रेस 
४. झपट बहादुर रावल नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
५. छक्क बहादुर लामा स्वतन्त्र 
६. अमरेश कुमार सिंह नेपाली काङ्ग्रेस 
७. तिर्था गौतम नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
८. नव राज सिलवाल नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
९. दिलेन्द्र प्रसाद बडू नेपाली काङ्ग्रेस 
१०. देवेन्द्र राज कंडेल नेपाली काङ्ग्रेस 
११. पुष्प कमल दाहाल (प्रचण्ड) नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
१२.पम्फा भुसाल नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
१३. पुस्पा भुषाल (गौतम) नेपाली काङ्ग्रेस 
१४. प्रेम सुवाल नेपाल मजदूर किसान पार्टी 
१५. बिनोद कुमार चौधरी नेपाली काङ्ग्रेस 
१६. बिजय सुव्वा नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
१७. भानु भक्त ढकाल नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
१८. बृजेश कुमार गुप्त नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
१९. महेश्वर जंग गहतराज (अथक) नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
२०. मीना पाण्डे नेपाली काङ्ग्रेस 
२१. यशोदा गुरुङ सुवेदी नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
२२. राजेन्द्र प्रसाद श्रेष्ठ संघीय समाजबादी फोरम, 
२३. नेपाल राज किशोर यादव राष्ट्रिय जनता पार्टी 
२४. राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी 
२५. रामसहाय प्रसाद यादव संघीय समाजबादी फोरम, 
२६. नेपाल रेखा शर्मा नेपाल कम्युनिष्ट पार्टी(ने क पा ) 
२७. लक्ष्मी कुमारी चौधरी नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
 
गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्र 
गौरी जोशी क्षेत्रीय संयोजक
नविन शेरचन उपसंयोजक
सँगिता सिवाकोटी, महिला उपसंयोजक
वर्षा मोक्तान, युवा उपसंयोजक
डिल्ली भट्टराइ आईसीसी सदश्य
बन्दना कोइराला आईसीसी सदश्य
बेदराज बस्नेत आईसीसी सदश्य
प्रकाश सापकोटा आईसीसी सदश्य
राजन त्रिपाठी, आईसीसी सदश्य
गोमा सेन, आईसीसी सदश्य
बिष्णुमान प्रधान, आईसीसी सदश्य
धर्म भट्टराई, आईसीसी सदश्य 
बलराम थापाआईसीसी सदश्य
कुङ्गा शेर्पा, आईसीसी सदश्य
सरला कडेल, आईसीसी सदश्य
अभिमन्यू बस्तेन,आईसीसी सदश्य
प्रमिला बस्नेत, सदश्य
चन्द्र अधिकारी,आईसीसी सदश्य
 
मितिः अगष्ट १८ २०१८