मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जबर्जस्ती करणी गर्न खोज्दा प्रहरीद्वारा महिलाको उद्धार

जबर्जस्ती करणी गर्न खोज्दा प्रहरीद्वारा महिलाको उद्धार


बुटवल । बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबर्जस्ती करणीको प्रयास गर्न खोज्दा प्रहरीले उद्धार गरेको छ । 
 
बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पु¥याई शनिबार बेलुका जबर्जस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । प्रहरीले पीडित महिलालाई बेहोस अवस्थामा उद्धार गरेको जनाएको छ । 
 
प्रहरीले प्युठान जिल्ला रजवार–६ बस्ने अन्दाजी २४ वर्षीय महिलालाई बेहोस अवस्थामा उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल उपचारपश्चात् वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ । 
प्रहरी उपरीक्षक मल्लले पीडित महिलालाई आफन्त बोलाएर जिम्मा लगाइने र प्रहरी नियन्त्रणमा रहेका खनाललाई जबर्जस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिए। रासस