मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीको महंगो प्रदेशसभा सम्बोधन, हेलिकोप्टर खर्चमात्रै करिब २८ लाख

प्रधानमन्त्रीको महंगो प्रदेशसभा सम्बोधन, हेलिकोप्टर खर्चमात्रै करिब २८ लाख


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न मंहगौ हेलिकोप्टर चढेर जनकपुर पुगे । जव कि हवाइ सुविधाकै हिसाबले जनकपुरमा आधादर्जन बढी हवाई कम्पनीले नियमित उडान भर्ने गर्छन् । 
 
सर्वसाधारणलाई पनि हवाइ टिकट पाउन गाह्रो छैन । सरकार प्रमुख प्रधानमन्त्रीजस्तो मान्छेलाई टिकट काटिरहनुपर्ने झन्झट पदैृन । जनकपुरमा सरकारी हवाइ अड्डा नेपाल वायु सेवा निगमको विमान सेवा छैन ।
 
निजी कम्पनीहरुले मात्रै काठमाडौँ जनकपुर उडान भरिरहेका छन् । निजी विमानको भाडा महंगो पनि छैन् । सस्तोमा ३३ सयदेखि महंगोमा ४८ सय रुपैयाँसम्ममा काठमाडौंबाट सहजै जनकपुर पुग्न सकिन्छ । महंगोकै हिसाब गर्दा पनि आते–जाते भाडा ९ हजार ६ सय रुपैयाँमात्र पर्न आउँछ । 
प्रदेश २ को सभालाई सम्बोधन गर्न जाँदा प्रधानमन्त्री एक्लै जाने कुरा भएन । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि जानै पर्‍यो । २ जनाको आतेजाते हवाइ भाडा १९ हजार २ सय रुपैयाँ । दुुई चार जना सुरक्षा गार्ड र दुई चार जना आसे पासेसहित एकदर्जन टोलीको पनि  एक लाख रुपैयाँभन्दा बढी खर्च हुँदैन । 
 
प्रदेशसभाले प्रधानमन्त्री र उनको टोलीलाई खानपिनसमेत खुवाउने सार्वजनिक गरिसकेको छ। शनिबार केही घण्टा जनकपुर बस्दा उनको टोलीले खर्च बेहोर्नु पदैृन । तर, सरकार प्रमुखको सुरक्षाको सवाल छ । निजी विमानबाट आउने जाने कुरा सोच्न पनि भएन । सुरक्षा खतरा भइहाल्छ । हेलिकोप्टर नै चाटर्ड गर्दा पनि निजी कम्पनीतिर आँखा लगाउने चलन छैन्, सुरक्षाकै कारणले । त्यसैले रोजिन्छ नेपाली सेनाकै हेलिकोप्टर ।
 
नेपाली सेनासँग साना हेलिकोप्टर पनि छन् । व्यक्तिगत कामका लागि सेनाले हेलिकोप्टर उपलब्ध गराउँदा सर्वसाधारणसँग प्रतिघण्टा १ लाख २५ हजारको दरले लिने गर्छ । सानो हेलिकोप्टरले प्रधानमन्त्रीको टोलीलाई धान्न सक्दैन । त्यसैले ठूलै हेलिकोप्टर चार्टर गनुृपर्छ ।
 
एम आई सेभेन्टिन हेलिकोप्टरको चार्ज सेनाले अरुसँग एक घण्टाको ४ लाख ६२ हजारको दरले लिनेगर्छ । तर, सरकार प्रमुख र राष्ट्रप्रमुखले यो हेलिकोप्टर प्रयोग गर्दा भाडा तिर्ने चलनै छैन । आयोजकले नै सरकार प्रमुख र राष्ट्र प्रमुखलाई निम्ता गर्दा भने कहिलेकाहीँ दिने गरेका छन् । तर प्रधानमन्त्री, राष्ट्रपतिले यसरी भ्रमण गर्दा अहिलेसम्म सेनालाई हेलि भाडा दिने गरिएको छैन । 
 
प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधनका क्रममा नेपाली सेनाको एम आई सेभेन्टिन हेलिकोप्टर बिहान १० देखि दिउँको ४ बजेसम्म नै इन्जेग भएको छ । यदि अरु कसैले यो हेलि ६ घण्टाका लागि लिएको भए नेपाली सेनाले २७ लाख ७२ हजार रुपैयाँ भाडा पाउँथ्यो । सेनालाई नदिए पनि यो रकम सरकारी कोषकै रकम सिद्धिने हो ।
 
प्रधानमन्त्रीले एउटा प्रदेशसभालाई सम्बोधन गर्न जाँदा २७ लाख ७२ हजार खर्च १ जबकि मितव्ययी हुन सकेको भए १ लाख रुपैयाँ हवाई भाडामै मजाले काम चल्थ्यो । चर्का कुरा गर्न माहिर  प्रधानमन्त्री र उनका आसेपासेले भन्न सक्लान् गाडीमा गएको भए अझ सस्तो पथ्र्यो होला १  हो नि त के फरक पर्छ प्रधानमन्त्री गाडीमा हिँड्दा रु प्रधानमन्त्री बन्नुअघि र पदमा नहरँदा उनी यसरी नै एम आइ सेभेन्टिनमा सयर गर्थे र रु पाएको सुविधा लिने भन्दैमा राज्यकोषको रकम ढुटो पार्नुपर्छ भन्ने केही छैन । एजेन्सी