मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राजनीतिक टिभी सिरियल सिंहदरवार

राजनीतिक टिभी सिरियल सिंहदरवार


हिमालयखवर संवाददाता
अमेरिका- विदेशमा वा देशभित्र कुनै चियापसलमा बसेर राजनीति गफ चुट्न निकै सजिलो छ । तर, वास्तविकतामा राजनीति सरल हुँदैन ।  राजनीतिले कसरी काम गर्छ, यसलाई बुझ्न सिंहदरवार टेलिसिरियलले केही सहयोग पुर्याउंछ । सिंहदरवार नेपालको प्रशासनिक केन्द्र हो । यहाँबाट देशको भविष्य निर्धारण गर्ने कयौँ निर्णय र काम भएका छन् । इतिहास बनाएको छ । सिंहदरवार टेलिसिरियल राजनीति मात्र होइन त्यहाँ मनोरञ्जन पनि छ । तर, राजनीतिमा चासो छ भने यो कार्यक्रम हेर्दा झनै मज्जा आउँछ । 
 
अमेरिकी जनताले तिरेको करवाट यो टिवी सिरियल बनेको हो । अमेरिकी सहयोग नियोगले यो टिभी सिरियल बनाउन पैसा दिएको थियो । सिंहदरवारको पहिलो श्रंखलामा १३ वटा भाग बनेका छन् । यो सिरियलहरू यू टियूवमा हेर्न सकिन्छ । समय छ भने यो हेरेर मनोरञ्जन लिन सकिन्छ । 
 
सिंहदरवारको अहिले दोस्रो श्रृखलाका केही भाग पनि हेर्न सकिन्छ । पहिलो श्रृखलाका १३ भागको निर्देशन छिरिगं रिथनर शेर्पाले निर्देशन गरेका थिए । दोस्रो श्रंखलाहरुमा भने निर्देशनमा नवीन सुब्बा आएका छन् । सुब्बाले यसअघिपनि नेपाली फिल्म निर्देशन गरेका थिए । तर, दोस्रो श्रृखलाका दुई भाग हेर्दा पहिला जस्तो अब्बल भने लाग्दैन । नवीन गम्भीर कुरा प्रस्तुत गर्न कहीँ कतै चुकेको भान हुन्छ । 
 
सिंहदरवारका पात्रहरू गजबले समावेशी बनाइएको छ । प्रधानमन्त्री महिला छिन् । यो भूमिका गौरी मल्लले निभाएकी छिन् । त्यहाँ  मधेस, पहाड, बाहुन जनजाति महिला, समलिगीं लगायतका पत्राहरु छन् । वास्तविकतामा नेपाली त्यसरी नै समावेशी भए कति राम्रो हुन्छ भन्ने मनमा आइरहन्छ । 
 
 सिंहदरवार एउटा टिबी सिरियल हो । प्रधानमन्त्रीले यही नै गर्नु पर्छ भन्ने त्यहाँ छैन । तर, कुनै नयाँ काम गर्दा के कस्ता अवस्था आउँदा भने देखाउन खोजिएको छ । वातावरण, रेमिट्यान्स, विकास निर्माण, कृषिका विषय त्यहाँ उठाइएका छन् ।
 
अमेरिकी सहयोग नियोगले नेपालमा टिभी सिरियल बनाउन किन पैसा लगानी गरेको होला ? यसको प्रश्नको उत्तर भने भेटिँदैन । तस्बिर: सामाजिक संजाल