मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर महानगरमा विवाद बढ्यो, कांग्रेसद्धारा समीक्षा गोष्ठी बहिस्कार

भरतपुर महानगरमा विवाद बढ्यो, कांग्रेसद्धारा समीक्षा गोष्ठी बहिस्कार


चितवन । जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक वर्षपछि भरतपुर महानगरपालिकामा विवाद बढेको छ ।
 
भरतपुर महानगरपालिकाले बिहीबार गरेको वार्षिक समीक्षा गोष्ठी कार्यक्रम काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि विवाद बाहिर आएको हो । 
 
महानगरले भरतपुरस्थित होटेल स्टार व्याङक्वेटमा समीक्षा गोष्ठी राखेको थियो भने काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी कार्यालय कमलनगरमा छलफलमा व्यस्त थिए ।
 
दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको समीक्षा गोष्ठी साँढे १ बजेबाट सुरु गरिएको थियो । गोष्ठीमा स्वागत मन्तव्य व्यक्त गर्दै भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु कार्यक्रम स्थलमा ढिला भए पनि आइपुग्ने आशा व्यक्त गरे । 
 
तर, कार्यक्रममा उपमेयर पार्वती शाह ठकुरीसहितका वडाध्यक्षहरु कार्यक्रममा उपस्थित नै भएनन् ।
 
गोष्ठीमा महानगरले गरेका कार्य र भावी योजनाका विषयमा चर्चा भइरहँदा उता काँग्रेस पार्टी कार्यालयमा भने महानगरमा अब कसरी प्रस्तुत हुने भनेर छलफलमा जुटिरहेको थियो ।
 
महानगरको गोष्ठीमा कांग्रेसबाट प्रदेश ३ का सांसद मिलनबाबु श्रेष्ठ भने उपस्थित भए पनि उनी धेरै समय कार्यक्रममा बसेनन् । आसन ग्रहणको कार्यक्रम सकिएलगत्तै समय मागेर सांसद श्रेष्ठले आफ्नो मन्तव्य राखे । 
 
उनले सो क्रममा महानगरपालिकाभित्र समन्व्यको अभाव खड्किएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति नदेखेपछि त्यही समन्वय अभावका कारण यो समस्या आएको बताए । 
 
उनले महानगरको विकास निर्माणलगायतका हरेक कार्यमा समन्वय हुनु जरुरी रहेको बताए । एक्लौटी ढंगले अघि बढे विभिन्न समस्या सिर्जना हुने उनको तर्क थियो । मन्तव्य व्यक्त गरेलगत्तै साँसद श्रेष्ठ कार्यक्रमबाट बाहिरिएका थिए ।