मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ


काठमाडौँ । महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । 
 
महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई आज पक्राउ गरेको हो । 
 
पक्राउ व्यक्तिहरु सन् २०१६ अप्रिलमा पर्यटक भिसामा नेपाल आएर पुतलीसडकमा पिपुल वर्क गुप्र कार्यालय सञ्चालन गरी ठगी गरेको प्रहरीले जनाएको छ । 
 
महाशाखाका अनुसार उनीहरुले पोल्याण्ड पठाइदिने भनी उदयपुरका वुद्धिराज विष्टलगायत नौ जनालाई मासिक ९० हजारदेखि एक लाखसम्म कमाई हुन्छ भनी प्रतिव्यक्ति रु सात लाख ५० हजारसम्म लिने गरेको खुलेको छ । 
 
प्रहरीले उनीहरुसँग विभिन्न कम्पनीका ल्यापटप १० थान, विभिन्न कम्पनीका मोवाइल सात थान, पासपोर्ट दुई, कम्पनीको छाप तीन, स्क्यानर प्रिन्टर एक थान र विभिन्न कागजपत्रहरु बरामद गरेको छ । 
 
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । रासस