मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आगलागीमा परेकी बालिकाको जलेर मृत्यु

आगलागीमा परेकी बालिकाको जलेर मृत्यु


पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ ।
 
छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
 
आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।
 
आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 
 
घर एकान्तमा रहेकाले स्थानीयवासीलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् ।
 
दुईतले घर आगलागीबाट नष्ट हुँदा मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । रासस