मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इन्द्रेणी साँस्कृतिक संघले सेप्टेम्बर १ मा तीज मनाउँदै

इन्द्रेणी साँस्कृतिक संघले सेप्टेम्बर १ मा तीज मनाउँदै


ड्यालस (टेक्सस) – नेपाली नारीहरुको महान पर्ब तीज धुमधामसाथ मनाउने क्रममा टेक्ससको ड्यालस क्षेत्रमा नेपाली समाजमा सांस्कृतिक क्षेत्रमा बिशेष पहिचान राख्ने संस्था इन्द्रेणी संस्कृतिक संघले अाउँदो सेप्टेम्बर १ मा भव्य तीज कार्यक्रम गर्ने तयारी गरेको छ । 
 
बिगतका बर्षहरुमा जस्तै नेपाली नारीहरूको महान् पर्व तीज धुमधामसँग मनाउन इन्द्रेणी सांस्कृतिक सङ्घले सवैलाई आव्ह्वान साथै हार्दिक निमन्त्रणा गरेको छ । उक्त तीज कार्यक्रम स्थानीय डिएफडब्लु एअरपोर्ट होटेल 4440 W. Airport Freeway, Irving,TX – 75062 (DFW Airport Hotel & Conference Center) मा हुनेछ । साँझ ७ बजेबाट कार्यक्रम सुरू हुने जनाइएको छ । 
 
कार्यक्रममा स्थानीय कलाकारहरुका साथै नेपालकी ख्याति प्राप्त लोक गायिका शीला आले, कमल घले र केही अन्य अतिथि कलाकारहरुलाई पनि निमन्त्रणा गरिने इन्द्रेणीका अध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए । 
 
कार्यक्रममा प्रवेश शुल्क $ १५.०० (१२ बर्ष माथी ७० बर्ष सम्म), $ १०.०० (५ देखि १२ वर्ष सम्मकालाई) र ५ बर्ष मुनिका र ७० बर्ष माथिकालाई नि:शुल्क गरिएको छ। यसै शुल्क भित्र उत्कृष्ट डिनरको व्यवस्था गरिएको जानकारी संस्थाका उपाध्यक्ष बेदनिधि दाहालले जानकारी दिएका छन् । 
 
इन्द्रेणी संस्कृतिक संघले डिएफडब्लु एरियामा कला, संस्कृतिको क्षेत्रमा अाफूलाइ उत्कृष्ठ संस्थाका रूपमा परिचित गराएको छ ।  यो संस्थाले पहिले तीज तथा होली जस्ता नेपाली सांस्कृतिक कार्यक्रमको गरेर यसले नेपाली संस्कृतिको प्रवासमा जगेर्ना गर्न सुरूवात गरेको हो।