मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरोमा पुरिएर सासूबुहारी नै बेपत्ता

पहिरोमा पुरिएर सासूबुहारी नै बेपत्ता


बागलुङ । निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएकी छन् । 
 
पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । 
 
घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ ।
 
यसैगरी, नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाउँदा ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पु¥याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताए । 
 
यसैबीच, स्थानीय झुप्रा खोलामा आएको बाढीले नलगाड नगरपालिका २, ३ र ४ बीचमा बाढीले चार घरसहित दुई वटा पुलसमेत बगाउनुका साथै सयौँ रापेनी खेत बगाएको छ । बाढीले स्थानीयका  घर, १५ वटा घुम्ती पसल, चार मिल, ५५ घट्ट, दुई वटा पुलसहित सयौँ रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरप्रमुख रावलले बताए । 
 
मङ्गलबार राति आएको बाढीले नलगाड नगरपालिका–३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खिमलाल जैसी र वडा नं २ का कौशीबहादुर विष्टको घरसहित जग्गा बगाएको छ  ।  वडा ३ का वडाध्यक्ष प्रचण्ड ओलीको मिल, जग्गा बाढीले बगाएको छ । 
 
त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको पुल, वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित पुल पनि बगाएको नगर प्रमुख रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकसहित दुई वटा मिल पनि बगाएको छ । उक्त खोलामा आएको बाढीले नलगाड–३ को साङ्ट खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेतलगायत सयौं रोपनी खेत बगाएको उनले बताए  । 
 
बाढीले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्लीलगायत स्थानतर्फको आवतजावत पूर्णरुपमा बन्द भएको छ । बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित हुनुको साथै छेप्का र कालीमाटी बजार जोखिममा परेको छ ।