मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा अन्तीम तयारी

नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा अन्तीम तयारी


शिकागो, अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला तिन संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्मेलन नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा लगभग तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । शिकागोमा आईतबार सम्मेलन आयोजक समितिका पदाधिकारी, स्थानिय संघ संस्थाका प्रतिनिधी र पुर्व अध्यक्ष तथा संस्थाका सल्लाहकारहरुको संयुक्त बैठक बसेपछि सम्मेलनको तयारी लगभग पुरा भएको आयोजकहरुले जनाएका छन् । हरेक बर्ष लेबर डे सप्ताहन्तको अवसर पारेर एन्मा र नासियाले संयुक्त सम्मेलन गर्दै आएकोमा यस बर्ष देखी अर्को पुरानो संस्था एएनए पनि जोडिए पछि नेपाली नेशनल कन्भेसनको नाममा कार्यक्रम आयोजना हुन लागेको हो । 
 
नेपाली समाजको एकताको लागि भन्ने नाराका साथ हुन लागेको सम्म्ोलन ३ दिन सम्म चल्ने छ। सम्मेलन आयोजनाका लागि अहोरात्र खटिरहनुभएका सम्मेलनका संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार ३ दिनकै लागि सम्पुर्ण कार्यक्रमहरु तयार भईसकेका छन् । आईतबार शिकागोमा रहेका नेपाली संघ संस्था र अग्रजहरुसंगको भेला पछि आफुलाई थप उत्साह प्रदान भएको घिमीरेले बताउनुभयो । पुर्व प्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा पनि कार्यक्रम आउने पक्का भएको छ । 
 
नेपालको पर्यटन प्रवद्धन तथा आर्थिक सहयता लगायतका बिभिन्न क्षेत्रलाई समेटेर आयोजना फोरमहरुका साथै चलचित्र अवार्ड, चर्चित कलकारहरुको कन्र्सट र सांस्कृतिक कार्यक्रमहरुले दर्शकहरुलाई ज्ञानका साथै मनोरञ्जन दिन आफुहरुले तयारी गरिरहेको सम्मेलनका सचिव डाक्टर दिवाकर दाहालले बताउनुभयो । दाहालका अनुसार आईतबार सांभm फिल्म फेस्टिबल आयोजना हुन लागेको हो । फेस्टिबलका लागि नेपालबाट भुवन केसी, अनमोल केसी, सुनिल थापा, निता ढुंगाना, सरिता लामिछाने लगायतका दुई दर्जन भन्दा धेरै कलाकारहरु आउने पक्का भईसकेको छ । 
 
अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म चल्ने सम्मेलनका लागि अमेरिकाको बिभिन्न राज्यबाट नेपालीहरुले रजिष्ट्रेशन गरिरहेको आयोजकहरुले जनाएका छन् । ३१ तारिख सांझ पुर्व प्रधानमन्त्री माधव नेपाल, बिश्वप्रकाश शर्मा, फिल्मी कलाकार लगायतसंग बिषेश डिनरको आयोजना समेत गरिएको छ । शिकागोमा रहेका नेपालीहरुका लागि बिषेश छुटका साथ सम्मेलनमा सहभागी गराउन लागेको पनि संयोजक बाला घिमीरेले बताउनुभयो । 
 
आईतबारको छलफलमा पुर्व अध्यक्ष तथा सल्लाहाकारहरुले सम्मेलन आयोजक समितिले गरेको कामहरुको प्रशंसा गरेका थिए भने स्थानिय संघ संस्थाका प्रतिनिधीहरुले आफुहरु शिकागोमा सम्मेलन भब्य रुपमा सफल पार्न आतुर रहेको बताएका थिए ।