मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अस्टिनमा सामुदायिक भवनका लागि पहल सुरू

अस्टिनमा सामुदायिक भवनका लागि पहल सुरू


अस्टिन (टेक्सस) – टेक्ससको अस्टिनमा रहेका नेपाली समुदायका सदस्यहरू सामुदायिक भवन निर्माणका लागि सकृय भएका छन् ।
 
ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने उद्वेश्यले अाइतबार एक वृहद् कार्यक्रम अायोजना गरेर सहयोग संकलन थालनी भएको छ । भेलामा समितिको तर्फबाट कार्ययोजना सहितको प्रतिवेदन पेश गरी छलफल भएको थियो । त्यसक्रममा १३ जनाबाट १२ हजार एकसय २५ संकलन भएको थियो । सबैभन्दा बढी डा. कमल अधिकारी र मिना अधिकारीले तीनहजार डलर प्रदान गरेका थिए ।
 
अाइतबारको भेलामा विष्णु सिग्देल, बाल न्याैपाने, गेहेन्द्र र अनिता केसी, देवराज न्याैपाने, भोजराज र कल्पना भट्ट, प्रेम पाण्डे, हेम तथा सरिता पाठक, प्रदीप र रञ्जु प्रजापति, पदम तथा सरिता ठकुराठी, रामकुमार महतो, प्रदुम्न तथा संगीना श्रेष्ठ, देवी दाहालले सहयोगको घोषणा गरेका थिए । 
 
ग्यान्सले प्रारम्भिक चरणमा चारलाख डलर संकलन गरेर भवन वा जग्गा किन्ने योजना बनाएको छ । एकहजार डलरभन्दा बढी सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा समावेश गरिने समेत त्यस अवसरमा जानकारी दिइएको थियो । 
 
 ग्यान्सको गत जनवरीमा सम्पन्न चौथो बार्षिक साधारण सभाले सामुदायिक भवनको अावश्यकता महसुस गरेको हो । यसका लागि सबै आवश्यक काम गर्न २५ सदस्यीय समिति गठन गरेको थियो । 
 
अहिलेलाइ चारलाख संकलन गरेर जग्गा किन्ने वा भवन सहितको जग्गा किन्नेतिर ग्यान्सका पदाधिकारीहरू लागेका छन् । अस्टिन टेक्ससको राजधानी शहर हुनुका साथै सुन्दर, हरियाली, प्राकृतिक विविधतायुक्त स्थल हो । अस्टिनमा नेपालीहरूको निकै ठूलो संख्या रहेको छ ।
तस्वीर साैजन्यः देवराज न्यौपाने