मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सोल्टी र मितिनीको चितवनबाट बिदाइ

सोल्टी र मितिनीको चितवनबाट बिदाइ


चितवन । छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा मंगलबार काठमाडौं पठाईएको छ ।
 
सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई मंगलवार साँझ पाँच बजे चितवनबाट काठमाडौं पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 
 
जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई यही साउन ३१ गते चीन पठाउने कार्यक्रम तय भएको छ ।
 
सूचना अधिकारी अर्यालका अनुसार गैंडा छोड्न चितवनबाट प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, १० जना सुरक्षाकर्मी, केयर टेकर ३ जना, भेटेनरी सहायक १ जना गैंडासँगै काठमाडौं गएका छन् । गैँडाको उत्पत्तिको प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेनटाइन प्रमाणपत्र, साइटिस निर्यात सम्बन्धी प्रमाणपत्रलगायतका सबै कानुनी प्रक्रिया पूरा भइसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 
 
‘मितिनी’लाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो ।