मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

शंकास्पद् वस्तु सेनाद्धारा नष्ट, १२ जना पक्राउ

शंकास्पद् वस्तु सेनाद्धारा नष्ट, १२ जना पक्राउ


चितवन । चितवनको भरतपुर महानगरपालिका १० स्थित राजमार्गको रिजाल चोकमा देखिएको शंकास्पद् वस्तु सेनाले नष्ट गरेको छ ।
 
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको समयमा फेला परेको सो वस्तु विस्फोटक पदार्थ भने नभएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए ।
 
बन्द आह्वानकर्ताले त्रास फैलाउन राजमार्गमा शंकास्पद वस्तु राखेको हुनसक्ने डिएसपी ढकालको भनाइ छ । बिहान साढे नौ बजे मोटरसाइकल चढेर आएका दुईजनाले राजमार्गमा शंकास्पद वस्तु खसालेर भागेको स्थानीयले खबर गरेपछि प्रहरीले शंकास्पद वस्तु भेटेको थियो । 
 
नेपाली सेनाको टोली आएर राजमार्गका भेटिएको शंकास्पद वस्तु निष्क्रिय गरेको थियो । 
 
१२ कार्यकर्ता पक्राउ 
 
जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार सोमवार राती १२ बजेदेखि बिहान ४ बजेसम्ममा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई ढुङ्गा,लाइटसहित समातेको राठौरले बताए ।  
 
विप्लव माओवादीले आब्हान गरेको बन्दमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा चेकजाँचलाई कडा पारेको छ । जिल्लाका मुख्य नाकाहरुमा प्रहरी परिचालन गरी कडाइका साथ चेकजाँचका साथै निगरानी गरिएको प्रमुख राठौरले बताए ।