मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

युवतीलाई जंगलमा लगेर सामूहिक बलात्कार

युवतीलाई जंगलमा लगेर सामूहिक बलात्कार


उदयपुर । तीन युवकले युवतीलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेका छन् । एक युवक पक्राउ परेका छन् भने २ जना फरार छन् ।
 
त्रियुगा नगरपालिका–१२ बस्ने २६ वर्षीय विकाश परियारलगायतका व्यक्तिले सामूहिक बलात्कार गरेका हुन् ।
  
परियार समेतका ३ जनाले सोमबार सोही स्थानीय १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स १ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका–१० स्थित हडिया जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
 
फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।