मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

१ US $ = ११२.२० रुपैयाँ

१ US $ = ११२.२० रुपैयाँ


हिमालयखवर संवाददाता-  
एक अमेरिकी डलर किन्न अव ११२ रुपैयाँ २० पैसा  भन्दा बढी तिर्नु पर्ने भएको छ । टर्कीको आर्थिक उथल पथलका कारण डलर महँगो भएको हो । 
 
नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि एक डलर किन्न ११२ रुपैयाँ २० पैसा लाग्ने गरी तोकेको छ । अमेरिकी डलर विक्री गर्दा भने १११ रुपैयाँ ६० पैसा पाइन्छ । अमेरिकाबाट नेपाल डलर पठाउँदा भने यतिनै पाइँदैन । प्रति डलर करिब १११ को हाहारीमा मात्र पाइन्छ । यो अहिलेसम्मकै डलर सबैभन्दा महँगो हो ।  
 
डलर मूल्य वढ्ेकाले यो नेपालमा पैसा पठाउने उपयुक्त समय हो । तर, नेपाली रुपैयाँ दिई डलर किन्दा भने महँगो पर्छ । नेपालबाट पैसा ल्याउँदा नोक्सानी पर्छ । 
 
नेपालको शेयर बजारमा आएको गिरावट, अमेरिकी डलरको मूल्य वृद्धिले यहाँबाट डलर नेपाल पठाई शेयर बजारमा लगानी गर्न फाइदाजनक हुने अवस्था देखिएको छ ।
 
डलर बढ्दा नेपालबाट पैसा ल्याई अमेरिकामा पढ्ने विद्यार्थीलाई भने नोक्सान पर्छ । यस्तै अमेरिकाबाट विद्यार्थी वा घुम्न आउनेलाई पनि बेफाइदा हुन्छ । 
 
डलर किन बढ्यो ?
टर्कीमा देखिएको वित्तीय समस्याका कारण डलरको मूल्य बढेको हो । तर, नेपाली रुपैंयामा डलरको यो प्रभाव सिधापरेको भने होइन । भारु र नेरु बिच निश्चित स्थायी विनिमय दर तोकिएकाले भारु कमजोर हुँदा नेरु पनि कमजोर भएको हो । सिधा भन्दा नेपालको मौद्रिक निकाय राष्ट्र बैंकले डलर मूल्यमा कुनै नियन्त्रण छैन । भारुमा तलमाथि हुने बित्तिकै नेरुमा असर पर्छ । यही आधारमा मौद्रिक अर्थशास्त्रीहरूले नेपालको स्वतन्त्र मौद्रिक नीति छैन भन्छन् ।
 
भारतमा सोमवार एक अमेरिकी डलर किन्न झण्डै ७० भारु तिर्नु पर्ने भएको छ । यही आधारमा एक डलरको मूल्य ११२ नेरु भन्दा माथि पुगेको हो । भारतका वित्तीय विश्लेषकहरूले भारु मूल्य अझ तल झर्न सक्ने बताएका छन् ।