मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नागरिकताका बारेमा बोल्यो प्रवासी मञ्च

नागरिकताका बारेमा बोल्यो प्रवासी मञ्च


वासिङटन डिसी (अमेरिका)– नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिनका लागि प्रस्ताव गरेको ऐनका संबन्धमा प्रवासी मञ्च अमेरिकाले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
 
नेपालमा रहेको सरकार निकट दलसँग आवद्धका रुपमा चिनिएको प्रवासी मञ्चले सोमबार विज्ञप्ती प्रकाशित गर्दै क्यानडा र अमेरिकामा रहेका नेपालीहरुले ती देशका नागरिकता लिँदा नेपाली नागरिकता बुझाउनु नपर्ने उल्लेख गर्दै ऐनमा रहेको अस्पष्टता हटाउन आग्रह गरेको छ । मञ्चका अध्यक्ष प्रभु थापाद्वारा जारी विज्ञप्तीमा अमेरिका र क्यानडामा बसोबास गरिरहेका नेपालीहरुले ती देशको नागरिकता लिँदा नेपाली नागरिकता बुझाउन नपर्ने भएकोले नेपाल सरकारले ऐनमा प्रस्ताव गरेको व्यबस्था अमिल्दो तथा अव्यबहारिक रहेको उल्लेख गरिएको छ ।
 
त्यस्तै विज्ञप्तीमा विदेशको नागरिकता लिइसकेका नेपालीहरुले आफ्नो मातृभूमि आवत जावत गर्दा भिसा लिनुपर्ने व्यबस्था हटाउनुपर्ने, गैर आवासीय नागरिकता प्राप्त गर्नका लागि गृह मन्त्रालयमा निवेदन दिने प्रस्तावित व्यबस्था खारेज गरेर त्यसको सट्टा संबन्धित देशकै नेपाली दूतावासमा आवेदन दिन पाउने व्यबस्था हुनुपर्नेगरि संशोधनका लागि समेत आग्रह गरिएको छ ।
 
त्यस्तै गैर आवासीय नेपालीको विदेशी पत्नी वा पतिको संबन्धमा समेत प्रस्तावित ऐन मौन रहेको उल्लेख गर्र्दै विज्ञप्तीमा त्यसको बारेमा समेत अहिलेनै छिनोफानो गर्न आग्रह गरिएको छ । विदेशमा रहेका नेपालीहरुले विदेशीसँग विवाह गरेर सम्बन्ध जोडिरहेका छन् । 
 
त्यस्तै विज्ञप्तीमा राजनीतिक अधिकार बाहेकका अधिकार गैर आवासीय नेपालीले प्रयोग गर्न पाउने भन्ने उल्लेख भएकोमा ती अधिकारहरु के के हुन् भन्ने बारेमा पनि स्पष्ट व्यबस्था गर्न आग्रह गरिएको छ ।