मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल अमेरिका एकता समाज परिवारको सेप्टेम्बर १ मा तिज मनाउदै

नेपाल अमेरिका एकता समाज परिवारको सेप्टेम्बर १ मा तिज मनाउदै


लसएन्जल्स- नेपाल अमेरिका एकता  समाजले परम्परागत रुपमा मनाउदै  आईरहेको नेपाली महिला दिदिबहिनिहरुको महान चाड हरितालिका तीज पर्व यो वर्ष पनि भब्य रुपमा आयोजना गर्न गइरहेका छौ ।
 
विगतका वर्ष हरुमा झैँ यो वर्ष पनि भब्य रुपमा सम्पन्न गर्न सबै समुदाय सदस्यहरु, स्थानीय संघ संस्थाका प्रमुख तथा पदाधिकारी, स्थानीय संचार कर्मी साथीहरु सम्पुर्णलाई कार्यक्रम सफल पार्न आ – आफ्नो स्थानबाट सहभागी हुँदै  प्रचार – प्रसारमा सहयोग गरिदिनु हुन नेपाल अमेरिका एकता समाजको अध्यक्ष चन्द्र शिवाकोटीले सम्पुर्ण सामुदायिक सदस्य हरुलाई अनुरोध गर्दै आगामी सेप्टेम्बर १ तारिख शनिबारको दिन लसएन्जल्स स्थित तारा हिमालयन कुजिन आर्टेशिया मा सबै चेली बेटीहरुलाई तीजको दर खान र छम छम नाचेर तीज मनाउन हार्दिक आव्हान समेत गरेका छन् 
 
स्थानीय रुपमा बिशेष सांगीतिक प्रस्तुतिमा सहभागी हुन चाहनु हुने चेलीबेटीहरुले यहि अगस्ट २० तारिख सम्म संस्थाका कार्यवाहक महासचिब सुर्य प्रसाई संग ५६२ – ६५२ ८८३४ संग सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।