मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दशैं तिहारमा ड्यालसमा चचहुईई… हुँदै

दशैं तिहारमा ड्यालसमा चचहुईई… हुँदै


ड्यालस (टेक्सस) – ड्यालसमा रहेका नेपाली युवाहरुको सकृयतामा स्थापना भएको नेपोप रेकर्डिङले आउँदो दशैं तिहारको अवसरमा विशेष कार्यक्रम गर्ने घोषणा गरेको छ ।
 
कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार आउँदो अक्टोबर २७ मा दशैं तिहार फेस्टिबल (चच हुईई..) आयोजना गर्न लागिएको हो । उक्त फेस्टिबलमा नेपाली कला संस्कृतिको विशेष प्रदर्शन हुने जनाईको छ । 
 
कला, संस्कृतिको माध्यमबाट प्रवासमा रहेका नेपालीहरुलाई एक बनाउने उद्वेश्यले उक्त कार्यक्रम गर्न लागिएको समेत संस्थाले जनाएको छ । उक्त अवसरमा उत्कृष्ठ कला, संस्कृति प्रदर्शनी गनेलाई निशुल्क स्टल उपलव्ध गराइने विज्ञप्तीमा उल्लेख छ । 
 
उक्त कार्यक्रमको टिकटबाट प्राप्त हुने रकममध्य प्रति टिकट २ डलर नेपाली समाज टेक्ससलाई उपलव्ध गराइने नेपोप रेकर्डसका सुदीप पोखरेलले जनाएका छन् ।