मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा मायाको मातको विवेचना

ह्युस्टनमा मायाको मातको विवेचना


ह्युस्टन , टेक्सास । पत्रकार एवम् कवि बिटु केसीको हालै प्रकाशित मुक्तक संग्रह मायाको मातमाथि आज यहाँ विवेचना गरियो । नेप्लिज एशोसिएसन अफ ह्युस्टनको आयोजना र यहाँका अन्तर्राष्ट्रिय साहित्य समाज, गुल्मी समाज, सिर्जनशील नेपाली समाज र नेप्लिज हेरिटेज युनियनको सहकार्यमा सम्पन्न भएको २०५ औं भानु जयन्ती र पुस्तक विवेचना कार्यक्रम आफैंमा नयाँ र सामुदयिक ऐक्यबध्दताको उदाहरण मानिएको छ । 
 
मुक्तक संग्रहमाथि विवेचना गर्दै युवा गजलकार सतीष त्रिपाठीले मुक्तकहरुले जीवनका सबै रङ्गहरुलाई समेटेको बताए । मायाको मात लेखनीको उत्कॢष्ट नमूना भएको उल्लेख गर्दै त्रिपाठीले भने – यो कॢतिले गुणात्मक फड्को मारेको छ । 
 
अर्का टिप्पणीकार पत्रकार सुजन पण्डितले मुक्तक संग्रहले मानिसका  दुख र व्यथाहरुलाई उजागर गरेको बताए । उनले संग्रहमा समावेस १ सय २६ वटै मुक्तकले छुट्टाछुट्टै प्रभाव छोडेको र त्यहाँ देशप्रेम, प्रवासको पीडा, माया, विसंगति र छट्पट्टी बोलेको उल्लेख गरे । 
पत्रकार सुजन पण्डित
 
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टनका अध्यक्ष शेष शर्माले प्रथम पटक सामूहिकरुपमा साहित्यिक कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफूलाई मन परेका मुक्तककार केसीका दुइवटा मुक्तक वाचन गरे । 
 
त्यसैगरी नेप्लिज हेरिटेज युनियनका अध्यक्ष तथा गजलकार विदुर दवाडीले श्रष्टा प्रवर्धन यसरीनै हुनु पर्ने भन्दै मुक्तककार बिटु केसीका मुक्तक पढेर सुनाए । 
 
गुल्मी समाजका सचिव लक्ष्मण भन्डारीले बिटु केसीका प्राय रचनाहरु आफूले पढ्ने गरेको कुरा बताए । 
 
एनआरएन टेक्सासका सदस्य जगदीस काफ्लेले श्रष्टालाई प्रोत्साहित गर्नु पर्ने बताउँदै आफ्नो तर्फबाट २० प्रति मुक्तक संग्रह अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टनलाई उपलब्ध गराउने जानकारी दिए । 
 
मुक्तक संग्रहको विवेचना पछि आयोजित कविता वाचन कार्यक्रममा राधा ढकाल, सुम्निमा गौतम, पवित्रा अर्याल र उषा पन्थीले आआफ्नो कविता सुनाएका थिए । 
 
त्यसैगरी विदुर दवाडीले गजल, नीलहरि आचार्यले गजल र बालिका स्तुति ज्ञवालीले संस्कॢत श्लोक सुनाएका थिए । कमल पन्थीले भानुभक्त आचार्यका बारेमा आफ्नो विचार राखेका थिए ।
सतीष त्रिपाठी
 
नेप्लिज एशोसियसन अफ ह्युस्टनका सचिव विष्णु नेपालको सभापतित्वमा संचालित कार्यक्रममा पशुपति मन्दिर एवम् सामुदायिक केन्द्रका अध्यक्ष दिनकर अमात्यले स्वागत मन्तव्य राखेका थिए । 
 
कार्यक्रम संयोजक द्रोण गौतमले उद्घोषण गरेको  सो कार्यक्रममा मुक्तककार बिटु केसीले आफ्नो साहित्यिक यात्राको बारेमा जानकारी दिंदै  संग्रहबाट केही मुक्तकहरु सुनाइन् । केसी हिमालयखबरकि सम्पादन सहयोगी पनि हुन् । 
 
पुस्तकका प्रकाशक हिमालयखबरका सल्लाहकार सम्पादक  तारा बरालले पुस्तक प्रकाशनको बारेमा बताउँदै प्रवासमा बसेर साहित्य सिर्जना गर्ने श्रष्टाहरुलाई सम्मान र प्रोत्साहनको आवश्यकता औंल्याए । 
 
ह्युस्टनमा पहिलो चोटि यसरी पाँचवटा संस्थाले सामुहिकरुपमा कार्यक्रम गरेकोमा त्यहाँ उपस्थित सबैले आयोजक एनएएचलाई हार्दिक धन्यवाद दिए । 
कार्यक्रममा संयोजक द्रोण गौतमको सक्रियता र महिला सहभागिताको सबैले प्रशंसा गरे ।