मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्नियाको आयोजनामा लस एन्जलसमा ‘ रक्तदान’ कार्यक्रम सम्पन्न

ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्नियाको आयोजनामा लस एन्जलसमा ‘ रक्तदान’ कार्यक्रम सम्पन्न


लस एञ्जलस,क्यालिफोर्निया ।अगस्ट ११, २०१८ ।

ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाको आयोजनामा यही अगष्ट ११ तारिक शनिबारकादिन लस एञ्जलसको आर्टेसिया शहर स्थित तारा हिमालयन कुजिन, रेस्टुरेन्ट परिसरमा “सामुदायिक रक्तदान” रक्तदान कार्यक्रम समपन्न भएको छ।

“मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ?” भन्ने मूल नारा सहित सन्चालन गरिएको उक्त रक्तदान कार्यक्रमा बहुसंख्यक नेपाली मूलका रक्तदाता भएपनि गैर नेपाली मूलका अमेरिकन रक्तदाताहरुले पनि उत्साहपूर्बक रक्तदान गरेको कुरा आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाले जनाएको छ ।

सो संस्थाका क्यालिफोर्निया राज्यका संयोजक श्री एकदेव शर्माका अनुसार स्थानिय अन्य सामाजिक संस्थाहरु सँग सहकार्य गरी निकट भबिश्यमा अर्को शहरमा रक्तदान रक्तदान शिबिर सन्चालन गर्ने कार्यक्रमको तयारी भैरहेको छ।