मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आचार्यको नयाँ कृति ‘न्यास्रो जन्मभूमिको’ आइतबार समिक्षा हुँदै

आचार्यको नयाँ कृति ‘न्यास्रो जन्मभूमिको’ आइतबार समिक्षा हुँदै


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस र श्रष्टा साँझले संयुक्त रुपमा भोली अाइतबार अर्भिङमा स्थानीय श्रष्टा बैकुष्ठ आचार्यको नयाँ कृति ‘न्यास्रो जन्मभूमिको’ समिक्षा कार्यक्रम आयोजना गर्ने भएका छन् ।
 
आइतबार साँझ ५ बजेदेखि नेपाली मन्दिर अर्भिङमा आचार्यको नयाँ कृतिको सार्वजनिकरण सहित समिक्षा कार्यक्रम राखिएको श्रष्टा साँझका प्रभात दीक्षितले जानकारी दिए । त्यस अवसरमा स्थानीय नेपालीभाषी श्रष्टाहरुलाई सम्मान कार्यक्रम समेत राखिएको छ । हालसम्म साहित्यीक पुस्तक प्रकाशित गरेका टेक्ससमा १० जना साहित्यकारहरूलाइ समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । आचार्यको नयाँ कृतिको प्रकाशन श्रष्टा साँझले गरेको हो । 
 
श्रष्टा साँझले हिमालय खबरसँगको सहकार्यमा विगत केही महिनादेखि ड्यालसमा साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । यसपटक देखि नेपाली समाज टेक्सस समेतको सहकार्यमा यस्ता कार्यक्रमहरु गर्न लागिएको हो ।