मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पार्किङ गरेको प्लेन उडाउँदा दुर्घटनामा

पार्किङ गरेको प्लेन उडाउँदा दुर्घटनामा


सियाटल (अमेरिका) – अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलस्थित टाकोमा विमास्थलबाट एक सान्काहा व्यक्तिले अनधिकृन रुपमा विमान उडाउँदा दुर्घटनाग्रस्त भएको छ ।
 
विमानस्थलमा पार्किङ गरिराखेको विमान होराइजन एअरको विमानलाई २९ वर्षिय युवाले अनाधिकृत रुपमा उडाएका थिए । झण्डै एक घण्टासम्म उडाएपछि नजिकै ४० माइल टाढा केट्रोन नामम सामुद्रिक टापुमा पुगेर उक्त विमान दुर्घटनामा भएको सिएनएनले जनाएको छ । 
 
विमानस्थलमा पार्किङ गरिरहेको ७६ सिटे उक्त जहाजलाई अनाधिकृत रुपमा उडाएपछि सैनिक विमानले आकासमै पछ्याएको थियो । 
 
विमानलाई चोरी गरेर उडाउँने व्यक्ति आतंककारी नभै अर्को विमान कम्पनीको कर्मचारी भएको र विमान उडाउने सामान्य जानकारी समेत रहेको जनाइएको छ । तर यो आतंककारी गतिविधि भने नभएको जनाइएको छ। 
 
स्थानीय समय अनुसार शुक्रबार साँझ ८ बजे उक्त विमानलाई ती व्यक्तिले अनाधिकृत रुपमा पसेर उँडाएका थिए । विमानस्थलको धावनमार्गमा काम गर्ने ती व्यक्तिलाई विमानभित्र प्रवेश गर्ने लगायतका अधिकाहरु रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यही अधिकारलाई दुरुपयोग गर्दै उनले पार्किङमा रहेको विमान उँडाएका थिए । तस्बिर: सामाजिक संजाल