मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बार एसोसिएसन चितवनमा पिएलएका कमल पाठक निर्वाचित

बार एसोसिएसन चितवनमा पिएलएका कमल पाठक निर्वाचित


चितवन । नेपाल बार एसोसिएसन चितवनको शुक्रबारसम्पन्न निर्वाचनले प्रगतिशील वकिल समूह पिएलएका कमल पाठक निर्वाचित भएका छन् । 
 
उनी ९३ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रजातान्त्रिक वकिल समूह डिएलएका नीलकण्ठ अधिकारीले ८४ मत ल्याएका थिए । कानुन व्यवसायीहरु पीएलए र डीएलए दुईवटा प्यानल बनाइ निर्वाचनमा होमिएका थिए ।
 
यस्तै, उपाध्यक्षमा पिएलए समूहका हरिबहादुर मैनाली निर्वाचित भए । उनले ९६ मत ल्याए भने उनका प्रतिस्पर्धी डिएलए समूहका हरिदत्त तिवारीले ८३ मत ल्याए । 
 
सचिव पदमा भएको निर्वाचनमा डिएलएका धर्म वाग्ले ९४ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी धमेन्द्र थापाले ८६ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा ९४ मत ल्याई सूर्य बोहोरा विजयी भएका छन् भने सहसचिव पदमा डिएलएकी गोमा न्यौपाने १०४ मतका साथ विजयी भइन् । 
 
त्यस्तै सोही निर्वाचनबाट सदस्यहरुको सबै पदमा पिएलए समूह विजयी भएको छ । महिलातर्फ भवानी लोहनी १०५, तथा पुरुष सदस्यहरुमा अजयकुमार तामाङ ८९, नारायण गिरी ९२, विकास गुरुङ ९७, तुलसीराम पाण्डे ८९, शिवराम ९६, टेकनाथ अधिकारी ८६, अर्जुनबाबु तिवारी ९२ विजयी भएका छन् ।
 
त्यसैगरी सोही निर्वाचनबाट आठ जना केन्द्रीय पार्सदमा निर्वाचित भएका छन् । केन्द्रीय पार्षदमा पिएलए समूहबाट ५ जना निर्वाचित भएका छन् भने ३ जना डिएलए समूहबाट विजयी भएका छन् । निर्वाचित हुनेहरुमा पिएलए समूहबाट जनकराम पौडेल ९७, बद्रिनाथ पाण्डे ८८, कृष्णप्रसाद पन्त ९४, भोलानाथ पाण्डे ९२, पदम दाहाल ९७ साथै डिएलए समूहबाट सीताराम अधिकारी ९६, श्रीराम दवाडी ९५, मुन्नाविक्रम खाती ९८ रहेकोे निर्वाचन कमिटीका संयोजक चूडामणि सापकोटाले जानकारी दिए ।
 
कुल १९१ मतदाता रहेकोमा १८३ मत खसेको निर्वाचन कमिटिका संयोजक सापकोटाले जानकारी दिए । प्रतिस्पर्धामा प्रगतिशील कानुन व्यवसायी संगठन ९पीएलए० र प्रजातान्त्रिक कानुन व्यवसायी संघ ९डीएलए० प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए ।