मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पताललाई केन्द्रीयस्तरको बनाउन गृहकार्य : स्वास्थ्यमन्त्री यादव

भरतपुर अस्पताललाई केन्द्रीयस्तरको बनाउन गृहकार्य : स्वास्थ्यमन्त्री यादव


भरतपुर । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रीयस्तरको अस्पतालको रुपमा विकास गर्न छलफल र गृहकार्य भैरहेको बताएका छन् । 
 
शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले छलफल र गृहकार्यमार्फत अस्पताललाई व्यवस्थित गर्दै लैजानेमा जोड दिए ।
जनतासँग प्रत्यक्ष सरोकोर राख्ने विषयमा सरकार गम्भीर रहेको मन्त्री यादवले बताए । 
 
शिक्षा, स्वास्थ्य र कृषिजस्ता जनतासँग सरोकार रहेका सबै क्षेत्रलाई परिवर्तन, सुधार र स्तरीय बनाउन आवश्यक रहेको उनले बताए । 
 
मुलुकलाई समृद्ध बनाउन सबैले हातेमालो गर्न जरुरी रहेको उनले बताए । मन्त्री यादवले डा गोविन्द केसीका सम्बन्धमा अनशन बस्ने-नबस्ने उनको कुरा भएको टिप्पणी गरे ।
 
देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल संचालन गर्न कुनै समस्या नभएको मन्त्री यादवले बताए । चितवनको भरतपुर र क्यान्सर अस्पतालको निरीक्षणका लागि आएका उनले आफुहरुले बोलरभन्दा छलफल र गृहकार्यमार्फत अस्पताललाई व्यवस्थित गर्ने दाबी गरे ।