मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार जनताका समस्या र गुनासोप्रति गम्भीर : प्रचण्ड (भिडियो सहित)

सरकार जनताका समस्या र गुनासोप्रति गम्भीर : प्रचण्ड (भिडियो सहित)


हिमालय खबर संवाददाता-
भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । 
 
गृहजिल्ला चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै त्यसको समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए । 
 
पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुराबारे उनले भने, ‘जनताको माग र मुद्दालाई गम्भीरताका साथ लिइएको छ । विकास र समृद्धिको एजेन्डा र सुशासनका लागि प्रयास गरिरहेका छौँ ।’ 
 
अर्थमन्त्री परिवर्तन गर्ने सन्दर्भमा चलिरहेको चर्चामा सत्यता नभएको प्रस्ट पार्दै उनले कर वृद्धिका कारण जनतामा छाएको चिन्तामा सरकार गम्भीर रहेको र त्यसमा समीक्षा हुने बताए । करका कारण नै संघीयता धरापमा प¥यो भनेर प्रचण्डले बोल्यो भनी गरिएको प्रचारमा पनि सत्यता नरहेको उनले उल्लेख गरे । कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको यथार्थ उनले पस्किए ।   
 
विप्लव नेतृत्वको नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसावले गतिविधि गरेकाले उसका नेता कार्यकर्तालाई कानुनी दायरामा ल्याइको उनको भनाइ थियो ।  
 
भारत र चीन भ्रमणका विषयमा प्रचण्डले भ्रमणको उद्धेश्य देशको विकास र समृद्धिका लागि नै उचित प्रकारको वातावरण र सम्बन्ध बनाउन केन्द्रित हुने बताए ।