मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘प्रकाण्ड’ अपराधी भएकाले पक्राउ परेका हुन् : गृहमन्त्री

‘प्रकाण्ड’ अपराधी भएकाले पक्राउ परेका हुन् : गृहमन्त्री


चितवन  । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएकै कारण पक्राउ गरिएको स्पष्ट पारे ।
 
उनले भने, ‘प्रकाण्ड वारेन्ट जारी गरिएका व्यक्ति हुन् । उनी गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए, चन्दा आतंक मच्चाएका कारण पक्राउ गरिएको हो ।’
 
‘गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो, अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन्’, उनले भने ।
 
गृहमन्त्री बादलले विप्लव नेतृत्वको नेकपा र अन्य समूहसँगका मुद्दा राजनीतिक र प्रशासनिक रुपमा हल गरिने बताए ।
 
भक्तपुरमा अपहरणकारीलाई गरिएको ‘इन्काउन्टर’ सही भएको ठहर सरकारले गरेको उनको भनाइ छ । सरकारले यसबारे आफ्नो पोजिसन प्रष्ट पारेको उनले जिकिर गरे ।
 
‘२४ घण्टाभित्रै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, गृहमन्त्री थापाले भने, ‘प्रहरीबाट प्राप्त रिर्पोटअनुसार उनीहरु मुठभेडमा नै मारिएका हुन् । फेक इन्काउन्टर हल्लामात्रै भएको भन्दै यसलाई सरकारले हल्लाकै रुपमा बुझेको बताए ।
 
एक अर्को प्रसंगमा गृहमन्त्री बादलले समयमा नै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको दाबी गरे ।
 
यस्तै, सुनकाण्डको छानबिनका सम्बन्धमा गृहमन्त्री बादलले छानबिनको एक चरण सकिए पनि अर्को चरण सुरू गरिएको बताए ।