मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लवका प्रवक्ता पक्राउ परेपछि नेपाल बन्दको घोषणा

विप्लवका प्रवक्ता पक्राउ परेपछि नेपाल बन्दको घोषणा


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा नेकपाले नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
 
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै उक्त पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । 
 
प्रवक्तासँगै पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य पक्राउ परेपछि त्यसको विरोधमा विप्लवको पार्टीले विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेको हो ।  
 
विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक गरिएको छ। जसमा कोणसभादेखि नेपाल बन्दसम्मको कार्यक्रम छ ।  विप्लवले साउन २५ गते देशभर कोणसभा गर्ने, २६ गते विरोधसभा गर्ने, २७ गते सरकारविरुद्ध भण्डाफोर गर्ने, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्दको घोषणा गरेका छन् । 
 
नेकपाको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कामरेड सीसीएम कामरेडलगायत सबै कामरेडलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौं ।’