मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जाजरकोटको पहिरोमा परी नौ बालबालिकाको मृत्यु

जाजरकोटको पहिरोमा परी नौ बालबालिकाको मृत्यु


जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार गएको भीषण पहिरोमा परी आठजना बालबालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकै घरका चारसहित नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ । 
 
करिब एकसय मिटरमाथिबाट आएको पहिरोले भेरी नगरपालिका ३ ठाँटीका तीर्थराज बोहरा र गोपाल सुनारको घर पुरिँदा उक्त घटना भएको हो ।
 
यस्तै, भेरी–६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको थियो । उनका २५ वर्षीया श्रीमती शीतला, छोरीहरू १० वर्षीया भावना, ६ वर्षीया रञ्जना, ३ वर्षीया मनीषाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
तीर्थराज बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा परी ज्यान गएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।
 
उनका अनुसार खलंगामा मजदुरी गरेर बसेका कुसे गाउँपालिका ६ भार्माका कृष्णबहादुर परियारको छोरा ११ वर्षीय नवीन परियार र सोही गाउँपालिका ५ नाउलीखेतका प्रेमबहादुर परियारका १३ वर्षीय छोरा नरेन्द्र परियार पहिरोमा पुरिएर ज्यान गएको छ । यस्तै, नलगाड ३ करुवाका १२ वर्षीय गोविन्द परियार र ८ वर्षीय दशरथ परियारको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । 
 
मृत्यु हुनेमा सबै ३ देखि १३ वर्षसम्मका बालबालिका छन् । मृत्यु हुने सबैलाई सुरक्षाकर्मीले पुरिएको अवस्थामा निकालेका थिए । जीवितै उद्धार गरिएका लुहारको भने जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । 
 
सदरमुकामभित्रका धेरै बस्ती तथा घरहरू जोखिममा रहेकाले सबैलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।