मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्व प्रधानमन्त्री माधब नेपाल सिकागो आउँदै

पूर्व प्रधानमन्त्री माधब नेपाल सिकागो आउँदै


सिकागो (अमेरिका) – पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल अमेरिकाको सिकागो आउने भएका छन् । 
 
अगष्ट ३१ देखि सेप्टेम्बर ३ सम्म हुन लागेको नेपाली नेसनल कन्भेसनको प्रमुख अतिथीको रुपमा पूर्ब प्रमं नेपाल सिकागो आउन लागेका हुन् । हरेक बर्षको ‘अमेरिकन लेबर–ड’े सप्ताह पारेर अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला संस्था नासिया र एन्माले संयुक्त रुपमा गर्दै आएको सम्मेलनमा यस बर्षदेखी अमेरिकामा रहेका नेपालीहरुकै पुरानो संस्था एनएन पनि सहभागी भएको छ । 
 
नेपाली समाजका लागि एकता भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा बिभिन्न फोरम, नेपालको पर्यटन र लगानी लगायतका बिषयमा सम्मेलन केन्द्रित गरिनेछ भने मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि भब्य तयारी भईरहेको जनाइएको छ । सम्मेलनको संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार सम्मेलनमा भाग लिन पुर्व प्रधानमन्त्री नेपालका अतिरिक्त नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा पनि आउने भएका छन् । 
 
पर्यटनदुत समेत रहेका घिमीरेका अनुसार सम्मेलनमा नेपालका हित र बिकाससंग सम्बन्धीत बिभिन्न बिषयमा छलफल हुने भएकोले पुर्व प्रधानमन्त्रीलाई आफुहरुले प्रमुख अतिथीको रुपमा बोलाएर बर्तमान सरकारसँग आफुहरुको सन्देश पुराउन खोजेको जानकारी दिए ।
 
सम्मेलनमा फिल्म फेस्टीबल पनि हुनेः
तीन दिनसम्म चल्ने नेपाली नेशनल कन्भेन्सनमा नेम्पा फिल्म अवार्ड पनि वितरण हुने भएको छ । सम्मेलनको अर्को आयोजक संस्था एएनएका अध्यक्ष मेदिनी अधिकारीका अनुसार सम्मेलनको दोश्रो दिन साँझ फिल्म अवार्ड कार्यक्रम आयोजना हुनेछ । 
 
चर्चित फिल्म अवार्डमा भाग लिन नेपाली सिने जगतका हस्तीहरु निर शाह, सुनिल थापा, भुवन केसी देखि लिएर अहिलेको समयका चलेका नायक अनमोल केसी लगायतका चर्चित कलकारहरुको उपस्थिती रहने जनाइएको छ । 
 
नासियाका अध्यक्ष माधव ढकालका अनुसार तीन दिन सम्म चल्ने सम्मेलनको दोश्रो दिन साँझ नै कन्सर्टको आयोजना गरिएको छ । कन्सर्टमा अहिलेका पुस्ताका सर्वाधिक चलेका गायक प्रमोद खरेल र हिमालसागरको शनिबार बिषेश प्रस्तुती रहने छ । आईतबार साँझ बरिष्ठ लोक गायक प्रेमराजा महत देखि स्थानिय प्रतिभाहरुको समेत प्रस्तुतीमा बिषेश सांस्कृतिक कार्यक्रमको आयोजना हुने छ । सम्मेलनमा मनोरञ्जनका साथै बिभिन्न फोरम तथा बहसहरु चल्नेछन् । 
 
परिवार सहित सिकागोमा मनोरञ्जन लिनुका साथै देश हितका बिभिन्न छलफलमा सहभागी हुन आयोजकहरुले आब्हान गरिरहेका छन् । होटल हिल्टनमा हुने कार्यक्रममा बुकिंग तथा रजिष्ट्रेशनका लागि सम्मेलनको वेबसाईट मार्फत गर्न सकिने आयोजकले जनाएका छन् ।