मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

घरबार विहिनलाई सेवा गर्न गाला डिनर हुँदै

घरबार विहिनलाई सेवा गर्न गाला डिनर हुँदै


ड्यालस (टेक्सस) – घरबार बिहिन अमेरिकनहरुलाई समय समयमा खानेकुरा र अत्यावश्यकीय वस्तुहरु वितरण गर्दै आएको एचडीएनपी नेटवर्कले आउँदो डिसेम्बर १ मा गाला डिनर आयोजना गर्ने भएको छ ।
 
सहायता बिहिनहरुलाई सहयोग गर्दै आएको एचडीएनपीले उक्त कार्यका लागि सहयोग जुटाउन गला डिनर गर्न लागेको हो । सामाजीक कार्यमा सहयोगका लागि कोष जुटाउन गरिने भोज सहितको कार्यक्रमलाई गाला डिनरका रुपमा लिइन्छ । 
 
एचडीएनपीका संस्थापक देबी (डेभिड) आचार्यका अनुसार आउँदो डिसेम्बर १ तारिक हिल्टन गार्डेन इनमा गाला डिनर आयोजना हुनेछ । कार्यक्रममा सहभागी भएर रमाईलोका साथै सामाजीक कार्यमा सहयोग गर्न आचार्यले अनुरोध गरेका छन् ।
 
एचडीएनपीले अमेरिकामा रहेका घरबार बिहिनहरुलाई समय समयमा खाना ख्वाउनुका साथै उनीहरुलाई दैनिक जीवनमा आवश्यक सामानहरु निशुल्क वितरण गर्दै आएको छ । त्यस्तै घरवार विहिनहरुलाई हेल्थक्याम्प, रोजगारीका लागि सहयोगका अतिरिक्त रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
 
‘घरवार विहिनहरुलाई आत्मनिर्भर बनाउँ’ भन्ने नारा लिएर काम गरिरहेको एचडीएनपीले गाला डिनरमा सहभागी भएर सहयोग गर्न अपिल समेत गरेको छ । संस्थाले स्पोन्सरशीप गर्न चाहने संस्था, व्यबसायीक प्रतिष्ठान तथा व्यक्तिहरुमा समेत आग्रह गरेको छ । स्पोन्सरशीप गर्न चाहनेले देवी आचार्य, आइसा ओझा र सुजिता श्रेष्ठसँग सम्पर्क राख्न सकिने एचडीएनपीले जनाएको छ ।