मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा नृत्य प्रशिक्षण केन्द्र ‘दी मण्डला’ सुरु

ड्यालसमा नृत्य प्रशिक्षण केन्द्र ‘दी मण्डला’ सुरु


ड्यालस (अमेरिका) – नेपाली बालबालिकालाई बिभिन्न किसिमका नृत्य सिकाउनका लागि दी मण्डला  सुरु भएको छ ।
 
शनिबार टेक्ससको बेडफोर्डमा एक समारोहबीच मण्डला सुरु भएको हो । स्थानीय नेपाली समुदायका अगुवाहरुको उपस्थितीबीच नेपाली समाज टेक्ससकी महिला संयोजक आइसा ओझाले दी मण्डला सञ्चालनमा ल्याएको जानकारी दिइन् । 
 
साँझको समयमा नेपाली समुदायका बालबालिकाहरुलाई नेपाली, बलिउड र हिपहप नृत्य सिकाउनेगरि तालिम सुरु गर्न लागिएको उनले जानकारी दिइन् । बालबालिकाहरुमा रहेको प्रतिभालाई प्रष्फुटन गराउनका लागि आपूmले संस्थागत रुपमै तालिम प्रदान गर्नका लागि दी मण्डला स्थापना गरेर प्रशिक्षण दिन लागेको उनले बताइन् ।
 
नृत्य सिक्नका लागि मासिक ७५ डलर शुल्क राखिएको छ । १५ वर्षसम्मका बालबालिकाहरुलाई नृत्य सिकाइने त्यस अवसरमा जानकारी दिइयो । 
 
अहिले भर्ना खुल्ला गरिएको र अगष्ट २० देखि प्रशिक्षण सुरु हुने जनाईएको छ । ओझाले नेपाली समाज टेक्सस लगायत बिभिन्न संस्थामा आयोजना हुने कार्यक्रममा कोरियोग्राफर र नृत्य प्रशिक्षकको रुपमा सहयोग गर्दै आएकी छिन् । 
 
शनिबार आयोजित कार्यक्रममा नेपाली समाजका अध्यक्ष सुमन थापा लगायत समुदायका अग्रजहरुले शूभकामना दिएका थिए ।