मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाका निवर्तमान उपाध्यक्ष लुइटेलको नेतृत्वमा इन्जा गठन

नेजाका निवर्तमान उपाध्यक्ष लुइटेलको नेतृत्वमा इन्जा गठन


हिमालयखवर संवाददाता- 
वासिङटन डिसी (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान उपाध्यक्ष गुणराज लुइटेल ’स्मित’ को नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ नामक नयाँ संस्था खुलेको छ । 
 
बुधबार एक कार्यक्रमबीच अंग्रेजीमा इन्जा नाम दिइएको उक्त संस्था खुलेको जानकारी दिइयो । नेपालीमुलका पत्रकारहरू सम्मिलत इन्जालाइ नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय स्तरको ठूलो संस्था बनाउने जानकारी घोषणा कार्यक्रममा दिइएको छ । 
 
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संस्थामा ६ जना उपाध्यक्षहरू रहेका छन् । जसमा विष्णु शीतल, सुनिलमणि दाहाल, टंक पन्त, मनऋषि धिताल, अनुराधा पाँडेल र किस्मत भण्डारी छन् । महासचिवमा शिव विष्ट, सचिवमा शारदा सिलवाल, कोषाध्यक्षमा सिर्जना ताम्राकार चयन भएको संस्थाले जनाएको छ । 
 
संस्थामा चारजना निर्देशक समेत नियुक्त गरिएको छ । जसमा सञ्चार तर्फ विजय थापा, संगठन तर्फ किशोर सापकोटा, नीतिमा विष्णु शर्मा र प्रविधिमा केशर कार्की छन् । 
 
सदस्यहरूमा भुपेन्द्र थापा, विश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराइ, पुनम पैडेल, सुवाश शर्मा, विनेश खनाल, तेजबहादुर थापा, सर्वज्ञ वाग्ले, विजय शर्मा, राजीव श्रेष्ठ, सरोज केसी, सिर्जन उप्रेती, उमेश शर्मा, पूर्ण बराइली र सुनिल हुमागाइ लगायत रहेका छन् ।
 
संस्थाको बोर्ड अफ ट्रस्टीमा योगेश उपाध्याय र रामचन्द्र खरेललाइ राखिएको छ । उपाध्याय नेजामा पनि सल्लाहकार छन् । 
 
इन्जामा मनोनयन भएका अधिकांश पदाधिकारीहरू पहिले नेजामा संबध्दहरू छन् । दुइ साता अघि नेजाको अधिवेशन सियाटलमा हुँदै गर्दा नवगठित इन्जाका केही पदाधिकारीहरूले पत्रकारहरूको नयाँ संस्था खुल्दै गरेको कुरा सामाजीक सञ्जालमा लेखेका थिए । नेजामा सदस्य रहेर पनि नवगठीत संस्थाका अधिकांश पदाधिकारीहरू नेजाको अधिवेशनमा सहभागी हुन गएका थिएनन् ।
 
नेजा विभाजित हो कि होइनः
इन्जा गठत भएको जानकारी दिन राखिएको कार्यक्रममा लुइँटेल लगायत केही पदाधिकारीहरूले नेजाको नाम नलिइ कुनै संस्था विभाजन भएको नभै अफूहरूले पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था खोलेको बताएका थिए । 
 
तर जानकारहरूका अनुसार अमेरिकाबाट चयन भएका पदाधिकारीहरू अधिकांश नेजाका सदस्य हुनु, ती मध्य अधिकांश नेजामा विगतमा पदाधिकारी भएर काम गरिसकेका हुनुले नेजालाइ विभाजित गर्नका लागि नयाँ संस्था जन्माइएको ठहर धेरै नेपाली सञ्चारकर्मीहरूको छ । 
 
इन्जाका अध्यक्षका रूपमा बाहिर अएका लुइँटेलले नेजाको अधिवेशनस्थलका विषयमा विवाद परेर कार्यसमितिभित्र अफ्नो प्रस्ताव अनुमोदन नभएपछि राजिनामा दिएर बाहिरिएका थिए । उनले नेजाको छैठाँ अधिवेशन भर्जिनियामा हुनुपर्ने प्रस्ताव राखेका थिए । तर कार्यसमितिको बहुमतले सियाटल गर्ने निर्णय गरेपछि अधिवेशनको दुइ महिना अघिमात्र उनले राजिनामा दिएका थिए । 
 
लुइँटेल नेजाको अध्यक्ष हुनका लागि अमेरिकाका बिभिन्न राज्यहरू, जहाँ नेपाली पत्रकाहरू छन् । ती ठाउँहरूमा गएर सहयोग गर्न अनुरोध गरेका थिए । केही महिना उनी अघि टेक्ससको ह्युस्टन पुगेर नेजाका सल्लाहकार तारा बरालसँग अध्यक्ष बन्नका लागि सहयोग मागेका थिए । त्यही क्रममा ड्यालस पुगेर शैलेश अचार्य लगायत त्यहाँ रहेका नेजाका सदस्यहरूसँग भेटेर सहयोगका लागि अव्हान गरेका थिए । 
 
उता इन्जामा उपाध्यक्षका रूपमा चयन भएका विष्णु शीतल पनि नेजाबाट केही महिना अघि राजिनामा दिएर बाहिरिएका हुन् । शीतल दुइ वर्ष अघि नेजाको लसएन्जलस अधिवेशनबाट डिसी, भर्जिनिया क्षेत्रको संयोजक भएका थिए । तर उनले निर्वाचित भएको केही महिनामै राजिनामा दिएका थिए । उनको राजिनामा तत्कालिन कार्यसमितिले निकै पछिमात्र अनुमोदन गरेको थियो । 
 
उता महासचिव पदमा झुल्किएका शिव विष्ट चार वर्ष अघि ह्युस्टनमा भएको नेजाको अधिवेशनमा उपाध्यक्ष भएका थिए । तर, लगत्तै सन् २०१५ मा भएको एनअरएनएको चुनावमा उपाध्यक्ष पदमा उम्मेदवार भएपछि नेजाबाट राजिनामा दिएका थिए । 
 
नेजा विभाजित भएको हो या होइन भन्ने विषयमा नेपालबाट समेत पत्रकारहरूले जिज्ञासा राखेका छन् । नेपाल रिपब्लिक मिडियाको प्रकाशन शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुंगानाको त्यस्तै जिज्ञासाको ट्वीटरमा जवाफ दिने क्रममा संस्थापक अध्यक्ष गिरिश पोखरेलले व्यङ्ग्य गरेका छन्-‘संसारभरका नेपाली पत्रकारहरूको हकहितका लागि लड्न सक्ने अन्तर्राष्ट्रिय संस्था खोल्नुभएको रे । एउटा संस्थामा बस्दाबस्दा दिक्क लाग्या पनि हुनसक्छ ।‘