मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालद्धारा नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य

नेपालद्धारा नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य


चितवन । दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २ सय १६ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक प्रहार गरे । चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ३१ ओभरको पहिलो बलमा छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए । यद्यपी उनी त्यही ओभरको अन्तिम बलमा ५१ रन बनाएर आउट हुन पुगे ।

उनले ६९ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे । पारसलाई नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले क्याच आउट गराएका थिए । एकदिवसीय खेलमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा खेलाडी बनेका छन् ।

यसअघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए । आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४४।४ ओभरमा छक्का अर्धशतक पूरा गरेका थिए। ६१ रनमा आउट हुनुअघि सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। योसँगै उनी एकदिवसीय खेलमा नेपालका लागि एकै इनिङमा सर्वा्धिक रन प्रहार गर्ने खेलाडी बनेका छन् ।

ओपनिङमा आएका सुवास खकुरेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १९–१९ रनको योगदान गरे । सुवासले ३३ बलमा ३ चौका र दीपेन्द्रले १७ बलमा ३ चौका प्रहार गरेका थिए । दीपेन्द्र कप्तान पारससँगको असमझदारीका कारण रनआउट भएका थिए ।

ओपनर ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकाको मद्दतमा १३ रन प्रहार गरेर आउट भए । अनिलकुमार साह ४ रन, रोहितकुमार पौडेल ६ रन र बसन्त रेग्मी १ रनमा आउट भएका थिए । यस्तै आरिफ शेखले ४६ बल खेल्दा १६ रन जोडे । आरिफले बाउन्ड्री भने प्रहार गर्न सकेनन् । सन्दीप लामिछानेले ८ रन र ललित भण्डारीले ४ रन बटुले ।

बलिङमा नेदरल्यान्ड्सका लागि फ्रेड क्लासनले ३ विकेट लिए । कप्तान पिटर सीलार र मिचेल रिप्पोनले २९२ विकेट हात पारे । यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा घरेलु टिम नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो ।