मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अध्यक्षद्धयले स्पष्टीकरण सोधेपछि नेकपा प्रवक्ता श्रेष्ठले दिए राजीनामा

अध्यक्षद्धयले स्पष्टीकरण सोधेपछि नेकपा प्रवक्ता श्रेष्ठले दिए राजीनामा


काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । डा केसीको सत्याग्रह चरमोत्सकर्षमा पुगेका बेला साउन ६ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर भेटवार्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले स्पष्टीकरण मागेपछि श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । 
 
डा केसी समर्थक केहीलाई आफ्नै निवासमा बोलाएर केसीका माग कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा नेता श्रेष्ठले कुराकानी गरेका थिए । श्रेष्ठले केसीलाई भेटेको दोस्रो दिन नेकपाका नेताहरु बाुलवाटारमा केसीको मागको बारेमा छलफल गर्न जम्मा भएका थिए । जहाँ प्रचण्ड र ओलीले हामीलाई नसोधी डा केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेसका नेतालाई भेट्न किन गएको रु भनेर हप्काएका थिए । 
 
नेता श्रेष्ठ यसअघिका सत्याग्रहमा पनि डा। केसीकै पक्षमा उभिएका नेता हुन् । गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा एकीकृत पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका श्रेष्ठले तीन महिना नपुग्दै राजीनामा दिएका हुन् । 
 
तत्कालीन माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका उनी पार्टी एकताका लागि सक्रिय रहेका थिए । पार्टी एकता गर्दा ९ सदस्यीय सचिवालय बनाउँदा पद थप गरी तत्कालीन एमालेका तर्फबाट विष्णु पौडेललाई महासचिव र उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
 
एकता अगाडि पार्टीमा दुई अध्यक्षबाहेक अन्य पदाधिकारी नबनाउने तयारी भए पनि अन्तिममा यी दुई पद सिर्जना गरिएको थियो । तर, पार्टी एकताको ३ महिना नबित्दै श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।
 
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सञ्चालनको लागि समय नदिएको भन्दै उनी पार्टी अध्यक्षप्रति असन्तुष्ट थिए । उनले पछिल्लो पार्टीका दुई अध्यक्षले अनशनरत चिकित्सक गोविन्द केसीविरुद्ध सरकारको प्रतिरक्षा गर्न दिएको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्षहरू उनीप्रति असन्तुष्ट रहेका थिए । 
 
अनशनरत गोविन्द केसीको अनसन तोडाउन महत्वपूर्ण भूमिका खेलेका उनले सरकारले केसी पक्षसँग वार्ता गर्नुअगाडि नै त्रिवि शिक्षण अस्पतालमा पुगेर केसीलाई भेट गरेका थिए । 
 
पार्टी सचिवालय सदस्यसमेत रहेका उनलाई दुई अध्यक्षहरू ओली र प्रचण्डले स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामाले नेकपाभित्र भूँइचालो गएको अनुभूति राजनीति वृत्तमा हुन थालेको छ । 
 
उनको राजीनामा फिर्ता गर्न आग्रह भइरहँदा प्रवक्ता श्रेष्ठले भने बुधबार राजीनामा दिएको पुष्टि गर्दै राजीनामा फिर्ता लिने मुडमा नरहेको बताएका छन् ।उनले भने, “म अहिले पनि पार्टीको काममा सक्रिय छु । तर, प्रवक्ताबाट राजीनामा दिएको हुँ । तर, मेरा बारेमा अनावश्यक हल्ला फैलाइएको छ । म राजीनामा फिर्ता लिने मुडमा भने छैन ।”