मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जयबहादुर चन्दले गरे दैनिक पत्रिकामा लगानी

जयबहादुर चन्दले गरे दैनिक पत्रिकामा लगानी


काठमाडौं । काठमाडौंबाट प्रकाशित हुँदै आएको सौर्य दैनिकमा पूर्ब एआइजी जयबहादुर चन्दले लगानी गरेका छन् । 
 
गत वर्ष प्रहरी महानिरीक्षकको विवादमा परेका चन्द केही महिना अघिमात्र रिटायर्ड भएका थिए । उनले सौर्य दैनिकमा लगानी गरेर प्रवन्ध निर्देशक पद पाएका छन् । सौर्य दैनिक सिर्जना इन्टरनेसनल मिडियाद्वारा सञ्चालित पत्रिका हो । 
 
पत्रिकालाई सातै प्रदेशबाट प्रकाशन गर्ने योजनासहित अध्यक्ष पदम शाह, संस्थापक तथा प्रधान सम्पादक बोधराज त्रिपाठी र कार्यकारी निर्देशक बशन्त पन्तले नयाँ साझेदार भित्र्याएका हुन । सौर्य दैनिक ट्याबोल्वाइड साइजमा प्रकाशित हुँदै आएको छ । साैर्य दैनिकको अाजको अंकको पहिलो पेजमा चन्दको तस्विर सहित ‘चन्द प्रवन्ध निर्देशक‘ शिर्षकमा समाचार प्रकाशित छ । 
 
लामो समय साप्ताहिकका रूपमा प्रकाशित साैर्य २०६८ फागुन ७ बाट दैनिक रूपमा प्रकाशित हुन सुरू भएको हो । 
 
सौर्यलाई विगतमा नेकपा एमाले निकट दैनिक पत्रिकाका रुपमा लिइदै आएको थियो । कांग्रेस निकट भनेर गतवर्षदेखि प्रचारित तथा चिनिएका चन्दको सौर्यमा लगानीकर्ताका रुपमा प्रवेशलाई लिएर निकै चासो व्यक्त भएको छ । उनले कति रकम सौर्यमा लगानी गरे भन्ने बारेमा पनि स्पष्ट खुलाइएको छैन । 
 
गत वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चन्दलाई महानिरीक्षक नियुक्त गरिएको थियो । तर वरियता मिचेर नियुक्त गरिएपछि अदालतमा मुद्धा परेको थियो । 
 
त्यतिखेर तत्कालिन अर्का एआइजी नवराज सिलवाल (हाल सांसद) र चन्दका बीच महानिरीक्षक पदका लागि निकै ठूलो प्रतिस्पर्धा भएको थियो । देउवाले चन्दलाई च्यापेपनि पछि विवादबीच प्रकाश अर्यालले महानिरीक्षक पद पाएका थिए । 
 
गत चैत २८ गते अवकाश पाएका चन्द राजनीतिमा प्रवेश गर्ने धेरैको अड्कल छ । सुरुमा लोकेन्द्रबहादुर चन्द निकट थिए जयबहादुर चन्द । तर गत वर्षदेखि उनी शेरबहादुर देउवा निकट हुन पुगेका छन् । 
 
पत्रिकामा लगानीकर्ताका रुपमा अघि आउनुमा उनको रहर हो या राजनीतिक स्वार्थ स्पष्ट भएको छैन । उनी २०४४ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०२१ सालमा बैतडीको सुरनयाँ गाउँपालिका–७ मा जन्मिएका चन्दसँग नेपाल प्रहरीमा आइजीपी नियुक्त भएपनि अदालतको आदेशबाट घटुवामा परी एआइजीबाट अवकाश पाएका थिए ।