मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालस एभेरेष्ट लायन्समा पदस्थापन

ड्यालस एभेरेष्ट लायन्समा पदस्थापन


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – सन् २०१८-१९ का लागि चुनिएका ड्यालस एभरेष्ट लायन्स क्लबका पदाधिकारीहरुले आइतबारबाट पदभार ग्रहण गरेका छन् ।
 
आइतबार अर्भिङको रमाइलो रेष्टुरेन्टमा आयोजित एक विशेष समारोहबीच पदस्थापन समारोह सम्पन्न भएको छ । एक वर्षे कार्यकालको नयाँ अध्यक्षमा थलराज पन्त चयन भएका छन् ।
 
आइतबार आयोजित कार्यक्रममा लायन हेनरी ह्वाइटले नयाँ सदस्यहरुलाई शपथ गराएका थिए । सोही अवसरमा लायन जोन ए एड्सले पदस्थापना गराएका थिए । 
 
हरेक बर्ष बिधानत लायन्स क्लबले नयाँ अध्यक्ष सहितको लायन्स तथा लियो क्लबको टीम चयन गर्दछ। लायन्ससँगै ड्यालस एभरेष्ट लायन्स क्लबले नयाँ लियो कमिटी पनि गठन गरेको छ।  
 
आइतबार लायन्स र लियो दुबै क्लबको संयुक्त पदस्थापन कार्यक्रम भएको हो । लायन्स कमिटीको अध्यक्षमा लायन थलराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
 
चयन भएको ११ सदस्यीय समितिमा निवर्तमान अध्यक्ष विएन पन्त, प्रथम उपाध्यक्षमा सुरेश वस्याल र द्वितीय उपाध्यक्षमा मिना क्षेत्री, महासचिवमा केदार तिमल्सिना, कोषाध्यक्षमा कमल कडायत, ट्यामरमा बसन्त पन्त र टेल टुइस्टरमा सूर्यनाथ भण्डारी रहेका छन् । 
 
त्यस्तै डाइरेक्टरहरूमा पूर्व अध्यक्षहरू केआर बास्तोला, केशब लामिछाने, राधाकृष्ण काफ्ले छन् । 
 
ड्यालस एभरेष्ट लायन्स क्लब अमेरिकामा नेपालीको पहिलो लायन्स क्लब हो।  यस क्लबका ६७ जना साधारण सदस्य रहेका छन् । 
 
यसैगरी ड्यालस एभरेष्ट लियो क्लबमा पनि नया समिति चयन भएको छ । ४१ जना सदस्य रहेको लियो क्लबको अध्यक्षमा आभाष श्रेष्ठ, महासचिवमा विजिशा प्याकुरेल र कोषाध्यक्षमा तुल्सी लोहनी रहेका छन् ।
 
पूर्व अध्यक्ष बिएन पन्तले नयाँ अध्यक्षलाइ पदभार हस्तान्तरण गरेका थिए । पदस्थापन समारोहमा ड्यालसस्थित बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 
 
सन् २००३ मा स्थापना भएको ड्यालस एभरेष्ट लायन्स क्लबका १५ जनाले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।