मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतबार नेपाली मन्दिरमा रक्तदान हुँदै

आइतबार नेपाली मन्दिरमा रक्तदान हुँदै


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – अमेरिकी रेडक्रसको सहयोगमा आइतबार अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रम हुने भएको छ । 
 
रक्तदान कार्यक्रमको संयोजन स्थानीय नेपाली समुदायकी १७ बर्षिया निविदिका खड्काले गरिरहेकी छिन् । खड्काले रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरिदिनका लागि स्थानीय नेपाली समुदायसँग आग्रह गरेकी छिन् ।
 
‘मैले एक वर्षदेखि अमेरिकी रेडक्रससँग आवद्ध भएर भोलेन्टियर गर्दै आएको छ, आदरणीय आमा–बुबाहरुसँग यो रक्तदानमा सहभागी भएर जीवन बचाउने अभियान र मेरो अभियानलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ खड्काले अनुरोध गरिन् । 
 
नेपाली मन्दिरमा बिहान ८ देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ । अहिलेसम्म झण्डै ४० जनाले रक्तदान गर्ने इच्छा सहित इमेल गरिसकेका छन् । रक्तदानभन्दा पहिले ब्लडप्रेसर लगायत परिक्षण समेत हुनेछ । 
 
एकजना स्वस्थ व्यक्तिले हरेक तीन महिनामा एक पटक रक्तदान गर्न सक्ने चिकित्सिकहरुले बताउँदै आएका छन् । 
खड्काले रेडक्रसमा आवद्ध रहेर भविष्यमा पनि सामाजीक काममा सकृय हुने बताएकी छिन् ।