मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

शनिबार कन्दराले ड्यालसमा प्रस्तुति दिँदै (भिडियो)

शनिबार कन्दराले ड्यालसमा प्रस्तुति दिँदै (भिडियो)


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – दुइ दशक अघि नेपाली साङ्गीतिक क्षेत्रमा निकै चर्चा बटुलेको कन्दरा ब्याण्डले यही महिनाको यही शनिबार ड्यालसमा भव्य कन्सर्ट गर्ने भएको छ ।
 
जुलाइ २८ तारिक शनिबार ड्यालसमा पारिवारीक माहोलको भव्य कन्सर्ट गर्न लागिएको व्याण्डका गायक बिवेक श्रेष्ठले जानकारी दिए । मंगलबार युलेसको फिसटेल रेष्टुँरामा अायोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा श्रेष्ठले ड्यालसमा नेपाली समुदायबाट सहयोग र सद्भावको अपेक्षा गरिएको बताए ।
 
उनले अमेरिकामा यसपटक पाँचवटा कन्सर्ट गर्ने योजना रहेकोमा समय मिलाउन नसक्दा चारवटामात्र गर्न लागिएको समेत जानकारी दिए । 
 
अहिले कन्दरा व्याण्ड कन्सर्टको सिलसिलामा अमेरिकाका बिभिन्न शहरहरूमा कार्यक्रम गर्ने क्रममा रहेको छ । व्याण्डले अघिल्लो हप्ता सोमबार लसएन्जलस र शनिबार अहायोमा कार्यक्रम गरिसकेको छ । २८ तारिक शनिबार भने ड्यालसमा हुँदैछ । 
 
मंगलबारको पत्रकार सम्मेलनमा कन्दरा युएसए टुर अन्तरगत कन्सर्टका लागि व्याण्डका सबै सदस्यहरूको सहभागिता थियो । पत्रकार सम्मेलनमा व्याण्डले अाफ्नो लोकप्रिय गीतहरूका अतिरिक्त लोकगीत, केही राष्ट्रिय गीत, अाधुनिक गीतहरू पनि गाउने छन् । 
 
उनले कन्सर्ट भन्ने बित्तिकै युवाका लागि मात्र भन्ने सोचाइ र बुझाइबाट फरक रहेर सबै उमेर समूह र वर्गलाइ समेट्नेगरि गीत गाउने समेत बताए । 
 
दुइ दशक अघिदेखि सबैको मुखमा झुण्डिएको हङकङ पोखरा, तगारोमा रूमाल राखि, लेककी हे मायाँ, ‘विदेशिएर गइन् उनी मलाई छोडेर, चञ्चले कान्छीको लगायत धेरै लोकप्रिय गीतहरू छन् । 
 
गायक विवेक लगायत सात जनाको टीमले जुलाइ २८ शनिबार ड्यालसको नेपाली सांगीतिक माहोल पुरै तताउने योजना बनाएको छ । कार्यक्रमको व्यबस्थापन गर्ने जिम्मा स्थानीय सफल युवाहरूले लिएका कारण कार्यक्रम भव्य हुनेमा टीमका सदस्यहरू विश्वस्त छन् । 
 
व्यबस्थापनको जिम्मा डिजे मम, दीवस थापा, विकास उप्रेती, चिन्तामणि बराल लगायतले लिएका छन् । मंगलबारको पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूका अतिरिक्त समुदायका अग्रजहरूको समेत सहभागिता थियो ।