मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अक्लोहामा स्थित एटोका ग्याँस स्टेशनमा नेपाली युवतीलाई ८ गोली प्रहार

अक्लोहामा स्थित एटोका ग्याँस स्टेशनमा नेपाली युवतीलाई ८ गोली प्रहार


हिमालयखवर संवाददाता
अमेरिका-
ओक्लोहा राज्यको एटोका स्थित ग्याँस स्टेशनमा कार्यरत एक नेपाली युवती माथि संघातिक हमला भएको छ । एक कालो बर्णका  व्यक्तिले एटोकमा नेपालीद्धारा सञ्चालित बुडिज हेण्डी मार्ट ग्याँस स्टेशनमा त्यहाँ कार्यरत रचना श्रेष्ठ लाई भुईँ पुछिरहेको अवस्थामा पछाडिबाट अन्धाधुन्ध गोली हानेर आक्रमण गरेका थिए । यो घटना सोमवार दिउसो १२ बजेर १६ मिनेटमा भएको थियो । 
 
यो आक्रमणमा आठ वटा गोली लागेकी रचनाको अहिले अक्लोहामा स्थित अस्पतालमा उपचार भइरहेको छ । घाइते रचनाको होस आएको अस्पताल पुगेर फर्किएका स्टोर सञ्चालकले हिमालयखबर जानकारी दिए । उनको शरीरमा लागेका केही गोली निकालिएको छ, भने केही निकाल्न बाँकी छ । अस्पतालले घाइते रचनाको अवस्था गम्भीर भए पनि स्थिर रहेको जानकारी दिएको छ ।  उनले आँखा खोलेकी छिन र होस आएको छ । 
 
रचना उक्त ग्याँस स्टेशनमा काम गर्न लागेको एक बर्षपनि पुगेको थिएन ।  गोरखा जिल्ला घर भएकी करिब २५ वर्षीय रचनाका श्रीमान् र सानो छोरा छन् । 
 
गोली चल्दै गर्दा  अर्का ग्राहक ग्याँस स्टेशन छिरेका थिए । ती ग्राहकलाई देखेपछि गोली चलाउने भागेका थिए । ती ग्राहकलेनै आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । दुई मिनेटमा प्रहरी त्यहाँ पुगेका थिए । उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो । तर, उक्त अस्पतालले गोली निकाल्न नसक्ने जानकारी दिएपछि घाइते रचनालाई हेलिकप्टरवाट अर्को अस्पताल लगिएको थियो । 
 
प्रहरीले आक्रमणकारीलाई एक घण्टा भित्रै पक्राउ गरेको छ । अटोका काउण्टी सेरिफका अनुसार शंकास्पद अपराधी १८ वर्षीय जुमिनेज हिल पक्राउ परेका छन् । 
 
हाल नेपाली द्धारा सञ्चालित उक्त ग्याँस स्टोरमा अहिलेसम्म यस्तो कुनै घटना भएको थिएन । एटोका शहर सुरक्षित स्थान मध्येमा पर्छ । त्यहाँ बिगतमा यस्ता घटना भएका थिएन् ।
 
ग्याँस स्टेशनमा कुनै लुटपाट भएको छैन । त्यसैले ती आक्रमणकारीको उद्देश्य स्पष्ट भएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको स्थानीय मिडियाले जनाएका छन् । 
 
प्रहरीले शंकास्पद आक्रमणकारीले प्रयोग गरेको हतियारपनि फेला पारेका छ । शंकास्पद अपराधी हिलको अहिलेसम्म कुनै अपराधिक कृयाकलाप नभेटिएको जनाएको छ ।