मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको छैठौँ अधिवेशन सियाटलमा सुरु

नेजाको छैठौँ अधिवेशन सियाटलमा सुरु


 
सियाटल (वासिङटन), अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छैठौँ अधिवेशन शनिबार साँझदेखि अमेरिकाको पश्चिमी शहर सियाटलमा सुरु भएको छ ।
 
अमेरिकाका बिभिन्न राज्यबाट आएका नेपाली मुलका पत्रकारहरुको उपस्थितीबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले छैठौँ अधिवेशन तथा १२ औँ साधारण सभाको उद्घाटन गरेका छन् । 
 
नेजाका अध्यक्ष भोला आचार्यको सभापतित्वमा सुरु भएको साधारण सभा कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील साह, बाणिज्यदूत एसी शेर्पा, क्यालिफोर्नियास्थित महाबाणिज्यदूत ऋषि पुनाखर ढकाल लगायत अमेरिकामा रहेका नेपाली समुदायका नेतृत्व तहका पदाधिकारीहरुको उपस्थिती रहेको छ । 
 
आइतबारसम्म चल्ने साधारण सभामा यो समाचार तयार पार्दासम्म ५१ जना पत्रकारहरुले उपस्थिती जनाइसकेका छन् । साधारण सभा उद्घाटन कार्यक्रममा कन्भेनर तथा नेजा कार्यसमितिका सदस्य ध्रुब कुँबरले सियाटलमा साधारण सभा गर्न जिम्मेवारी प्रदान गरेयता भएका कार्यहरुका बारेमा प्रकाश पारेका थिए । 
 
कार्यक्रममा सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले नेजा जस्तो संस्थाले सियाटल जस्तो नेपालीहरुको पातलो उपस्थिती रहेको ठाउँमा साधारण सभा आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए । 
 
कार्यक्रममा नेजाका संस्थापक तथा सल्लाहकार तारा बरालले पदको लागि लालशा देखाउनेभन्दा समय दिन सक्ने र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन आग्रह गरे । 
 
अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजामा एकसय १५ सदस्यहरु आवद्ध छन् । यस पटकको साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ । 
 
नेजा ग्रामिण पत्रकारिता पुरस्कार राईलाईः
 
नेजाले स्थापना गरेको ग्रामीण पत्रकारिता पुरस्कार यस पटक कुम्भ राईलाई प्रदान गर्ने निर्णय भएको छ । 
 
दुईलाख २२ हजार २ सय २२ रुपैयाँ राशीको सो पुरस्कार ओखलढुंगाका राईलाई दिने निर्णय भएको नेजाका पूर्ब अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक आङछिरिङ शेर्पाले घोषणा गरेका छन् । 
 
गत वर्षसम्म एकलाख ११ हजार एकसय ११ रुपैँया राशी रहेको पुरस्कारमा यसपटक दोब्बर बनाइएको हो । 
 
यसैबीच नेजाले यसवर्षदेखि सुरू गरेको प्रेसिडेन्ट अवार्ड पुर्ब अध्यक्ष अाङछिरिङ शेर्पालाइ प्रदान गरिएको छ । पत्रकार महासंघका अध्यक्ष अाचार्यले सो पुरस्कार शेर्पालाइ हस्तान्तरण गरेका छन् । त्यस्तै यसै वर्षबाट सुरू गरिएको लाइफटाइम अचिभमेन्ट अवार्ड नेजाद्वारा प्रकाशित हुँदै अाएको प्रयास स्मारिकाका सम्पादक लेखनाथ भण्डारी र नेजाको स्थापनाकालदेखिनै सकृय टेक्ससका सुरेशचन्द्र पोखरेललाइ प्रदान गरिएको छ ।