मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्विमिङ पुलमा पौडी डुबेर नेपाली विद्यार्थीको मृत्यु

स्विमिङ पुलमा पौडी डुबेर नेपाली विद्यार्थीको मृत्यु


 
हिमालयखवर संवाददाता 
ओक्लाहोमासिटी (अमेरिका) – 
ओक्लोहामा सिटीमा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थी सुनिल सापकोटाको निधन भएको छ । नेपालकाे काभ्रे जिल्ला घर भएका २७ बर्षिय सापकोटा ओक्लोहामा सिटी कम्युनिटी कलेजमा अध्ययन गरिरहेका थिए । 
 
नेपालमा काभ्रे जिल्ला घर भएका सुनिल करिब डेढ बर्ष अघि विद्यार्थीका रुपमा अमेरिका आएका थिए । 
 
साथीसँग रमाइलो गर्दै पौडी खेल्ने क्रममा शुक्रवार राति करिब ११ बजे डुबेको मृतक सुनिलका साथीलाई उधृत गर्दै अस्पताल पुगेका स्थानीय एक नेपालीले  हिमालयखबरलाई जानकारी दिएका छन् । स्विमिङ पुल जम्मा ६ फिटमात्र भएपनि उनी डुब्न पुगेका थिए ।  
 
आफु त्यहाँको बार नाघेर बाहिर गएर आउँदा सुनिल डुबेको देखेपछि उनका साथीले सहयोग मागेका थिए  । आपतकालिन सेवाको नम्बर ९११ मा फोन गरेर सँगै पौडी खेल्ने साथीले सहायता मागेका थिए । 
 
प्रहरीले डुवेका सुनिललाई उपचारका लागि ओक्लाहोमा मेडिकल सेन्टरमा लिएर गएको थियो । अस्पतालले उनको मृत्यु भईसकेको घोषणा गरेको थियो । 
 
गर्मी अत्याधिक भएकाले साथिसँग रमाइलो गर्दै दुई जना राती अवेर सम्म पौडी खेल्दै थिए । स्विमिङ पुलको ढोका प्राय राती बन्द हुन्छ । त्यही कारण उनी सँगै पौडी खेल्नै गरेका साथी त्यहाँको बार नाघेर वाहिर गएका थिए । साथी फर्किएर आउँदा सुनिल डुबिरहेको आफुले देखेको उनले अस्पताल पुगेको उनका आफन्तलाई जानकारी दिएका थिए । त्यसपछि उनले अर्का साथीसँग सहयोग मागेका थिए ।  
 
मृतक सुनिलको पार्थिव शरिर अहिले ओक्लाहामा मेडिकल सेन्टरमा राखिएको छ । नेपालमा रहेका सुनीलका परिवारसँग सम्पर्क गर्ने प्रयास भईरहेको र उहाँहरुको सल्लाहअनुसार के गर्ने भने तय हुने सहयोगका लागि अस्पताल पुगेका गैर आवासिय नेपाली संघ अमेरिकाका कार्यकारी सदस्य अमृत कट्टेलले बताए ।  ‘दुखद घटना भयो, हामी परिवारको सल्लाह पर्खिरहेका छौँ उहाँको भनाई अनुसार सहयोगमा जुट्ने छौँ,’ कट्टेलले भने ।
 
एनआरएन अमेरिकाका पूर्ब वरिष्ठ उपाध्यक्ष राम सी पोखरेलले नेपालमा रहेका अभिभावकहरुसँग सल्लाह गरेर आवश्यक सहयोग गर्न शनिबार बिहानदेखिनै संबन्धित पक्षसँग समन्वय गरिरहेका छन् । पोखरेलले नेपाली विद्यार्थीहरु डुबेर निधन हुने क्रम बढ्नु दुखद भएको उल्लेख गर्दै सचेतना कार्यक्रम जगाउन आवश्यक रहेको बताए । 
 
अमेरिकामा करिव एक महिना यता पौडी खेल्ने क्रममा तीन जना विद्यार्थीको डुबेर मृत्यु भईसकेको छ । यस अघि टेक्ससको ड्यालस र क्यालिफोर्नियाको लसएञ्जल्समा दुई जना विद्यार्थीको पौडी खेल्ने क्रममा ज्यान गएको थियो । ओक्लोहामा सिटी टेक्ससको ड्यालसवाट दुईसय माइल दूरीमा छ ।