मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीको समर्थनमा हजारौँ ओर्लिए सडकमा

डा केसीको समर्थनमा हजारौँ ओर्लिए सडकमा


काठमाडौँ । सोलिडारिटी फर डा केसी अलायन्सको आयोजनामा शनिबार भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित अधिकारकर्मी, डाक्टर, विद्यार्थी तथा सर्वसाधारण गरी हजारौँ सडकमा ओर्लिका छन् । 
 
प्रदर्शनमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, अभिनेत्री मनीषा कोइराला, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, बीबीसी नेपाली सेवाका पूर्वप्रमुख एवम् विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, साहित्यकार खगेन्द्र संग्रौला, राजनीतिक विश्लेषक श्याम श्रेष्ठलगायत सहभागी भएका छन् ।
 
प्रदर्शनमा उत्रिएकाहरूले ‘डाक्टर केसीको जीवन रक्षा गर, माफियाको ताँती ओली सरकारका साथी, यो सरकार कस्तो छ श्री ३ जस्तो छ, मेडिकल माफियाहरू होसियार’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका छन् ।
 
चिकित्सा शिक्षा र स्वास्थ्यका लागि डा गोविन्द केसी २२ दिनदेखि आमरण अनशनमा छन् । गत असार १६ गते जुम्ला पुगेर अनशन बसेका केसीलाई बिहीबार सरकारले अपहरणशैलीमा सैनिक हेलिकोप्टरबाट शिक्षण अस्पताल ल्याएको थियो । त्यसको पनि सर्वत्र विरोध भइरहेको छ । 
 
अनसनरत डा. केसीको आन्दोलनमा पछिल्लो समय सरकार बाहिर रहेका राजनीतिक दल तथा विभिन्न क्षेत्र र पेशाकर्मीले ऐक्यवद्धता जनाउने क्रम बढ्दै गएको छ । उनीहरु डा. केसी अनसनरत त्रिवि शिक्षण अस्पतालमा पुगेर उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारसँग उनको जीवन रक्षाको माग गर्दै आएका छन् ।