मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सगुन शेयर के हो के होइन

सगुन शेयर के हो के होइन


हिमालयखवर संवाददाता-
 
सगुन इन्कको शेयरमा लगानी ज्यादै जोखिम युक्त निर्णय हो । तर, शेयरमा लगानीको कम अनुभव र थोरै जानकारी भएका विशेषगरी विदेशमा बस्ने नेपाली समुदायलाई केन्द्रित गरी सगुनले शेयर किन्न दैनिक जस्तो अनुरोध गरिरहेको छ ।
 
अमेरिकी सरकारको सेक्यूरिटीज एण्ड एक्स्चेञ्ज बोर्डले सगुनलाई सी क्लासको शेयर निष्कासन गर्न अनुमति दिएको हो । सी क्लासको शेयरमा लगानीलाई अत्यधिक जोखिम युक्त मानिन्छ । यो शेयर विश्वको कुनै पनि स्थानमा दोस्रो बजार अर्थात स्टक एक्स्चेञ्ज मार्फत किन्न र विक्री गर्न सकिदैंन । 
 
सगुनले शेयर लगानी सम्बन्धी जानकारी पत्रमा पनि शेयर विक्री गर्नु परे आफैँले किन्न व्यक्ति खोज्नुपर्ने उल्लेख गरेको छ । कुनै पनि स्टक एक्स्चेञ्जमा यो शेयर कारोबार नहुने भएकाले पैसा चाहिएको वा परेका बेला विक्री गर्न पर्‍यो भने आपसी लेनदेनमा गर्नु पर्ने हुन्छ । आफूले नै किन्ने अर्को खोज्नु पर्ने हुन्छ । 
 
यो शेयरमा जोखिमको अर्को कारण यो कम्पनीसँग पर्याप्त पुँजी छैन । यसको मतलब जसले यो कम्पनी स्थापना गरेका हुन् उनीहरूले ज्यादै कम लगानी गरेका छन् । संस्थापकहरूले नाम मात्रको पुँजी लगाएकाले यो शेयरमा ज्यादै बढी जोखिम रहेको सगुनको जानकारी पत्रमै उल्लेख छ । अमेरिकी सेक्यूरिटीज बोर्डले पनि यो स्पष्ट रूपमा त्यहाँ राख्न लगाएको छ ।
 
सगुनले नाफा दिने नदिने कुनै निश्चितता छैन, स्टक एक्स्चेञ्ज मार्फत किनवेच गर्न पाइँदैन, संस्थापकको खासै लगानी पनि छैन यस कारणनै यो शेयरमा पैसा लगाएर नाफा लिन पाइन्छ भन्नु निकै गाह्रो छ । त्यसैले अमेरिकी सेक्युरिटीज बोर्डले सी क्लासको शेयर निष्कासन गर्न अनुमति दिएको हो । 
 
फेसबुक वा अलिबाबा कम्पनीले जुन वेला शेयर निकालेका थिए त्यस लगत्तै यो स्टक एक्स्चेञ्ज मार्फत कारोबार सुरु भएको थियो । नेपालमा पनि सर्वसाधारणका लागि शेयर निष्कासन गर्न कम्पनीले केही दिनपछि स्टक  एक्स्चेञ्जमा दर्ता गर्छन् । त्यस पछि यो किन्न विक्री गर्न पाइन्छ । सगुनको शेयर नेबिल बैंक वा फेसबुकको जसरी किनवेच गर्न पाइँदैन ।
 
यो शेयर विदेशमा बस्ने नेपालीले किन्न हुन्छ भनेर भने भन्दै विभिन्न सामाजिक व्यक्तिको भिडियोहरू सोसियल मिडियामा सगुनले पटक पटक राखेका छ । सगुनको शेयर किन्न न्यूनतम एक हजार अमेरिकी डलर लाग्छ । सगुनले शेयर विक्री गर्न लागेको झण्डै दुई वर्ष भयो । तर, यो दुई वर्षमा सगुनले खासै आम्दानी गरेको छैन । केही महिना अघि नयाँ प्रोडक्ट बजारमा ल्याएको थियो । अहिले त्यो प्रोडक्ट दैनिक २५ हजारका दरले डाउनलोड हुने गरेको सगुनको दाबी छ । 
 
 दुई वर्षको सगुनको अवस्थालाई हेरेर सामाजिक सञ्चालनमा आलोचनापनि थुप्रै भएका छन् । केहीको आंशका किन नेपाली समुदायलाई मात्र लक्षित गरी लगानी गर्न भनिएको छ, भन्नेमा छ । लगानी नाफाका लागि गरिन्छ । भावनामा बगेर लगानी गरिदैंन । अमेरिकामा स्टार्ट अप कम्पनीमा पैसा हाल्ने थुप्रै कम्पनीहरू छन् किन सगुनले यस्ता लगानीकर्तालाई ल्याउन सकेन भन्ने प्रश्न आलोचना गर्नेहरुको छ । जोखिम युक्त शेयरमा लगानी गरे डुब्ने नेपाली बढी नहुन भन्नेहरू पनि छन् । 
 
के सगुनको शेयरमा लगानी बालुवामा पानी हो त ? तर, यो पनि होइन । चिठ्ठा किन्यो भने त्यो पर्न सक्छ, पर्‍यो भने फाइदै फाइदा । तर, नपर्ने संभावनापनि धेरै छ । अमेरिकामा त मेगामिलिन किन्यो भने लाखौँमा एक सम्भावना हुन्छ पर्ने । अर्थात चिठ्ठा किन्दाको जोखिम अत्यधिक छ । सगुनको शेयरवाट कमाउन पनि चिठ्ठी पर्ने पर्छ । जोखिम कहाँ कति लिने त्यो लगानीकर्ताको आफ्नो स्व निर्णय हो । तस्बिर: सामाजिक संजाल