मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी अर्थतन्त्र मजबुत नेपालमा डलर महंगो भयो

अमेरिकी अर्थतन्त्र मजबुत नेपालमा डलर महंगो भयो


हिमालयखवर संवाददाता
अमेरिका –
एक अमेरिकी डलर किन्न अव ११० रुपैंया भन्दा बढी तिर्नु पर्ने भएको छ । अमेरिकी अर्थतन्त्र मजबुत हुनु र भारतीय रुपैंया कमजोर भएसँगै नेपाली रुपैंया पनि तल खस्किएको हो । 
 
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक डलर किन्न ११० रुपैंया ७८ पैसा लाग्ने गरी तोकेको छ । अमेरिकी डलर विक्री गर्दा भने ११० रुपैंया १८ पैसा पाइन्छ । 
 
अमेरिकावाट नेपाल डलर पठाउँदा भने यतिनै पाइदैन। प्रति डलर करिव १०९ को हाहारीमा मात्र पाइन्छ । 
 
डलर मूल्य बढेकोले यो नेपालमा पैसा पठाउने उपयुक्त समय हो । तर, नेपाली रुपैंया दिई डलर किन्दा भने महंगो पर्छ । नेपालवाट पैसा ल्याउँदा नोक्सानी पर्छ । 
 
नेपालको शेयर बजारमा आएको गिरावट, अमेरिकी डलरको मूल्य बृद्धिले यहाँबाट डलर नेपाल पठाई शेयर बजारमा लगानी गर्न फाइदाजनक हुने अवस्था देखिएको छ ।
 
डलर वढ्दा नेपालवाट पैसा ल्याई अमेरिकमा पढ्ने विद्यार्थीलाई भने नोक्सान पर्छ । यस्तै अमेरिकावाट विद्यार्थी वा घुम्न आउनेलाई पनि बेफाईदा हुन्छ । 
 
डलर किन वढ्यो ?
अमेरिकाको अर्थतन्त्र मजबुत भएर डलर बढेको हो । तर, नेपाली रुपैंयामा डलरको यो प्रभाव सिधापरेको भने होइन । भारु र नेरु बीच निश्चित स्थायी विनिमय दर तोकिएकाले भारु कमजोर हुँदा नेरु पनि कमजोर भएको हो । सिधा भन्दा नेपालको मौद्रिक निकाय राष्ट्र बैंकले डलर मूल्यमा कुनै नियन्त्रण छैन । भारुमा तलमाथि हुने वित्तीकै नेरुमा असर पर्छ । यही आधारमा मौद्रिक अर्थशास्त्रीहरुले नेपालको स्वतन्त्र मौद्रिक नीति छैन भन्छन् ।
 
डलरको मूल्य के होला ? 
डलर मजबुत हुनुमा अमेरिकी अर्थतन्त्र मजबुत हुनु एउटा कारण हो । यसवाहेक भारतमा राजनीतिक कारण लगायतले पनि त्यहाँ भारुसँग डलर बलियो भएको हो । विपक्षी पार्टीले भारतमा सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएको छन् । 
 
यो प्रस्तावको प्रधानमन्त्री नरेन्द्र मोदीले समाना गर्दै छन् । करिव १० महिना पछि भारतमा लोकसभाका लागि आम निर्वाचन हुने कार्यक्रम छ । यी कारणले गर्दा भारुसँग डलर अझ बढ्ने विश्लेषकहरुले वताएका छन् । प्रति डलर ७० भारु भन्दा वढी हुन्छ भने अनुमान छ । प्रति डलर ७० भारु पुग्दा नेपालमा पनि एक डलरको ११२ रुपैंया पुग्छ ।